२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । पाकिस्तान सरकारबाट नेपाल सरकारलाई प्राप्त चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्तिका लागि चिकित्सा शिक्षा आयोगले आवेदन माग गरेको छ । स्नातक तहका एमबिबिएस, बिडिएस र डी फार्मेसीका लागि छात्रवृत्तिमा आवेदन माग गरेको हो ।
शैक्षिक सत्र २०२२/२०२३ का लागि नेपाल सरकारलाई पाकिस्तान सरकारबाट पाकिस्तान टेक्निकल एसिस्टेन्स प्रोग्राम अन्तर्गत स्नातक तहका एमबिबिएस, बिडिएस र डी. फार्मेसी विषय र १९ सिटमा पाकिस्तान गई अध्ययन गर्न छात्रवृत्तिका लागि आवेदन माग गरेको छ ।
छात्रवृत्तिका लागि इच्छुक योग्यता पुगेका उम्मेदवारहरुले साउन १६ गतेभित्र अनलाईन आवेदन पेश गर्न सकिने छ ।
यहाँबाट सूचना हेर्न सकिन्छ :
https://www.mec.gov.np/public/uploads/shares/PTAP_Notice.pdf
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij