Logo

२०८२ पौष ६ गते आइतवार

२०८२ पौष ६ गते आइतवार

सुधार गृहबाट भागे ६०० भन्दा बढी कैदी

सुधार गृहबाट भागे ६०० भन्दा बढी कैदी


  • 3.1K
    Shares

    सुधार गृहबाट भागे ६०० भन्दा बढी कैदी
    images

    दुई कैदी समूहबीच झगडा भएपछि बुधबार मध्य श्रीलङ्काको पोलोनारुवास्थित सुधार गृह (पुनर्वास केन्द्र) बाट ६०० भन्दा बढी कैदीहरू फरार भएका छन्। श्रीलङ्काको प्रहरीले घटनाको पुष्टि गरेको छ।

    प्रहरी प्रवक्ता निहान थल्दुवाले भने, “सैनिक र थप प्रहरी बललाई कान्दाकादु पुनर्वास केन्द्रमा खटाएर सुधार गृह क्षेत्रलाई घेरा हाली भागेका कैदीहरूको खोजी सुरु गरिएको छ।” उक्त सुधार गृहमा करिब एक हजार कैदीलाई राखिएको थियो।

    सन् १९४८ मा स्वतन्त्र भएदेखि देशले सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको बेला इन्धनको अभावले श्रीलङ्कालाई अझै पनि पिरोलेको छ।

    यसले गर्दा देशभरि खाद्यान्न, औषधि, खाना पकाउने ग्यास र इन्धनजस्ता अत्यावश्यक वस्तुको तीव्र अभाव भएको छ। 

    प्रकाशित मिति :आषाढ १६ २०७९ बिहिवार - ०७:१८:५९ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij