२०८२ भाद्र २५ गते बुधवार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले साताको अन्तिम दिन आज (बिहिबार) दोहोरो अंकले बढेको छ । हिजो (बुधबार) नेप्से दोहोरो अंकले बढेको थियो ।
आज नेप्से ३१.८७ अंकले बढेर दुई हजार तीन सय ७४ दशमलब ६४ विन्दुमा पुगेको छ । यो विन्दु हालसम्मकै उच्च विन्दु हो ।
त्यस्तै, आज भने ७ अर्ब ७९ करोड ८५ लाखको कारोबार भएको छ भने आज कारोबार भएका कूल १२ उपसमूहमध्ये २ समूह बाहेक अन्य समूह बढेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij