२०८२ भाद्र १ गते आइतवार
काठमाडौँ । साईप्रसको एक कम्पनीले २० जना नेपाली महिला कामदारको माग गरेको छ ।
साईप्रसको सी. एन्ड सी प्राइभेट इम्प्लोइमेन्ट एजेन्सीले डोमेस्टिक वर्कर पदका लागी २० नेपाली महिला कामदारको माग गरेको हो । कामदारले खान बस्न सहित ४४ हजार ८ सय २० तलब पाउने छन् भने कम्पनीको नियम अनुसार ओभर टाईम र बार्षिक बिदा पाउने छन् । कम्पनीमा हप्तामा ६ दिन र दैनीक ८ घण्टा काम गर्न पर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बीमाको रकम, भिषा स्ट्याम्पीङ शुल्क कामदारले बेहोर्नु पर्ने छ भने हवाई टिकट, विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बीमाको रकम, रोजगारदाताले बेहोर्ने कम्पानीको विज्ञापनमा उल्लेख छ । कामदारको करार अवधि २ बर्षको रहेको छ । अन्तरवार्ता यहीँ माघ १४, १५, १६, १७ र १८ गते कालीञ्चोक एच. आर. मेनपावरको कार्यालय टोखा १० सामाखुसीमा हुनेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij