Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

नेपाल र इजरायलबीच ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ मा आज हस्ताक्षर हुँदै

नेपाल र इजरायलबीच ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ मा आज हस्ताक्षर हुँदै


  • 8.6K
    Shares

    नेपाल र इजरायलबीच ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ मा आज हस्ताक्षर हुँदै

    काठमाण्डौ । नेपाल र इजरायलबीच गएको असोजमा भएको ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’ कार्यान्वयनका लागि आज दुई देशका अधिकारीबीच ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ मा हस्ताक्षर हुने भएको छ ।

    प्रोटोकलमा नेपाल सरकारकातर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल र इजरायल सरकारका तर्फबाट नेपालका लागि इजरायली राजदूत हनान गोदरले हस्ताक्षर गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

    प्रोटोकलमा हस्ताक्षर भएसँगै इजरायलको विशिष्ट श्रम बजार नेपाली युवाका लागि खुला हुनेछ । जसअनुसार पाँच सय नेपाली युवा रोजगारीका लागि इजरायल जानेछन् । यसले केयरगिभर, कृषि, होटल तथा रेष्टुरेन्ट, निर्माणलगायत क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर खुल्नेछ ।

    नेपाली युवाले इजरायली श्रम कानुनअनुसार सेवा सुविधा पाउनेछन् । प्रोटोकलमा हस्ताक्षरपछि एक/दुई हप्ताबाट श्रमिक छनोट प्रक्रिया सुरु हुने र डेढ/दुई महिनामा पहिलो चरणका लागि तोकिएका ५०० नेपाली रोजगारीका लागि इजरायल जाने मन्त्रालयका सचिव तोयम रायले बताउनुभयो । 

    प्रकाशित मिति :माघ ८ २०७७ बिहिवार - १०:११:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij