Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

प्रधानमन्त्री देउवालाई विद्यार्थीको प्रश्न- त्रिचन्द्र कलेज कहिले बन्छ?

प्रधानमन्त्री देउवालाई विद्यार्थीको प्रश्न- त्रिचन्द्र कलेज कहिले बन्छ?


  • 2.1K
    Shares

    प्रधानमन्त्री देउवालाई  विद्यार्थीको प्रश्न- त्रिचन्द्र कलेज कहिले बन्छ?
    images

     काठमाडौं । त्रिचन्द्र क्याम्पसको पुनर्निर्माणको माग गर्दै नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ ।

    मंगलबार विहान क्याम्पसको प्राङ्गणमा संघका कार्यकर्ताले भवन पुनर्निर्माणको माग राखी प्रदर्शन गरिएको हो । घण्टाघर साइडको भवनहरू जीर्ण रहेको बताउँदै अध्ययनरत सेरेन जोशीले भने,’भूकम्पपछि भवनको पुनर्निर्माण हुन सकेन । पानी चुहिन्छ । कति खेर भत्केर मरिन्छ जस्तो हुन लाग्यो । भवन जीर्ण बनेको छ ।’

    पुन निर्माण प्राधिकरण,शिक्षा मन्त्रालय र पुरातत्व विभागमा जीर्ण भवनको बारेमा जानकारी गराएपनि सुनुवाइ नभएपछि विरोधमा उत्रनु परेको जोशीले बताए ।

    प्लेकार्डसहित विरोधमा उत्रेका विद्यार्थीले ‘प्रधानमन्त्री ज्यू,तपाईं पढेको कलेज कहिले बन्ने, शिक्षा मन्त्रालय हराएको सूचना, सेभ त्रिचन्द्र, इतिहासह ढल्दैछ,सरकार मौन छ’ नारा लगाएका थिए ।

    प्रकाशित मिति :जेठ ३१ २०७९ मंगलवार - १२:४२:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij