Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

महिलामाथि कुटपिट गरेपछि लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वली प्रहरी नियन्त्रणमा

महिलामाथि कुटपिट गरेपछि लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वली प्रहरी नियन्त्रणमा


  • 4.6K
    Shares

    महिलामाथि कुटपिट गरेपछि लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वली  प्रहरी नियन्त्रणमा
    images

    महिलामाथि हातपात गरेको आरोपमा प्रहरीले लुम्बिनी प्रदेशकी स्वास्थ राज्यमन्त्री विमला कुमारी खत्री वलीलाई नियन्त्रणमा लिएको छ ।

    तुलसीपुर उपमहानगर–५ स्थित सब्जिमण्डी बजार नजिकै एकजना महिलालाई घरमा गएर कुटपिट गरेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रन्जनबहादुर स्वारले बताए ।

    बिहान करिब ८ बजे ती महिलालाई राज्यमन्त्री वलीले हातपात गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । ‘एक घरमा गएर महिलालाई हातपात गरेपछि उहाँलाई अहिले हाम्रो नियन्त्रणमा राखेका छौं,’ प्रहरी निरीक्षक स्वारले भने, ‘घटनाबारे बुझिरहेका छौं ।’

    प्रकाशित मिति :जेठ ३१ २०७९ मंगलवार - १०:५३:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij