Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

शेयर लगानीकर्ताको आन्दोलनः सोमबार उपत्यका बाहिरका जिल्ला प्रशासन कार्यालयमा प्रर्दशन गर्दै

शेयर लगानीकर्ताको आन्दोलनः सोमबार उपत्यका बाहिरका जिल्ला प्रशासन कार्यालयमा प्रर्दशन गर्दै


  • 2.6K
    Shares

    शेयर लगानीकर्ताको आन्दोलनः सोमबार उपत्यका बाहिरका जिल्ला प्रशासन कार्यालयमा प्रर्दशन गर्दै
    images

    काठमाडौं । उपत्यका बाहिरका लगानीकर्ताहरुले सोमवार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिने भएका छन् ।

    लगानीकर्ताहरुले सोमवार बिहान १० बजेदेखि ३ बजेसम्म उपत्यका बाहिरका सम्पूर्ण जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रदर्शन गर्न लागेका हुन् । 

    शेयर बजार सुधारका १९ बुँदे माग राख्दै काठमाडौंमा गत जेठ २३ गते लगानीकर्ताहरु नियामक निकाय नेपाल धितोपत्र बोर्डमा पुगेका थिए  । गत जेठ २४ गते शेयर बजार सुधारको माग राख्दै नेपाल स्टक एक्सचेञ्ज(नेप्से) पुगेका लगानीकर्ताहरुलाई प्रहरीले पक्राउ गरेसँगै लगानीकर्ताले आन्दोलनलाई अझ सशक्त बनाएका छन् । 

    जेठ २७ गते शुक्रवार पनि लगानीकर्ताले माइतीघरदेखि बानेश्वरसम्म शक्ति प्रदर्शन गरेका थिए । पूँजीबजार सुधार र विकासका लागि गठित समितिले घोषणा गरेको आन्दोनमा अहिले अधिकांश लगानीकर्ताका छाता संगठनहरुले एक्यवद्धता जनाएका छन् । 

    एक जना लगानीकर्ता नैन सिहं बास्तोलाका अनुसार पूँजीबजार सुधार समितिको पहलमा विरोध प्रदर्शन हुन लागेको हो । विभिन्न जिल्लामा रहेका लगानीकर्ताहरु एक भएर जिल्ला प्रशासन कार्यालयमा विरोध प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउने तयारीमा रहेको पनि उनले जानकारी दिए । 

    प्रकाशित मिति :जेठ २९ २०७९ आइतवार - १३:१५:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij