Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

सबै न्यायाधीशमाथि छानबिन गरेर योग्यलाई मात्रै पुनर्नियुक्ति गर्न पूर्वन्यायाधीश फाेरमकाे माग

सबै न्यायाधीशमाथि छानबिन गरेर योग्यलाई मात्रै पुनर्नियुक्ति गर्न पूर्वन्यायाधीश फाेरमकाे माग


  • 3.0K
    Shares

    सबै न्यायाधीशमाथि छानबिन गरेर योग्यलाई मात्रै पुनर्नियुक्ति गर्न पूर्वन्यायाधीश फाेरमकाे माग
    images

    काठमाडाैँ । पूर्वन्यायाधीश फाेरमले देशभरका सबै तहका अदालतमा कार्यरत न्यायाधीशमाथि छानबिन गर्न माग गरेकाे छ।

    आइतबार न्यायपालिका सुधारका लागि प्रस्ताव प्रस्तुत गर्दै फाेरमले सबै न्यायाधीशमाथि छानबिन गरेर याेग्यलाई मात्र पुनर्नियुक्ति दिन माग गरेकाे हाे।

    त्यसका लागि फाेरमले राष्ट्रपतिबाट पाँच सदस्यीय छानबिन आयाेग गठन हुनुपर्ने र साेकाे सिफारिसका आधारमा न्यायाधीशकाे नियुक्ति गर्नुपर्ने कडा माग अगाडि सारेकाे छ।

    नेपालकाे संविधान जारी हुने बेलामा न्यायाधीशरूकाे पुनर्नियुक्ति हुनुपर्ने माग संविधानसभामा चर्काे रूपमा उठेकाे थियाे। तर, न्यायपालिकाका न्यायाधीशकाे विराेधका कारण संविधानमा उक्त प्रावधान राख्न संविधान सभाले राखेन।

    अहिले चाँहि पूर्वन्यायाधीश फाेरमले यस्ताे प्रस्ताव अगाडि सारेकाे हाे।

    प्रकाशित मिति :जेठ २९ २०७९ आइतवार - १२:४८:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij