Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

काठमाडौं महानगरपालिकाको नगरसभाको ११ औं अधिवेशन असार ५ गते

काठमाडौं महानगरपालिकाको नगरसभाको ११ औं अधिवेशन असार ५ गते


  • 2.7K
    Shares

    काठमाडौं महानगरपालिकाको नगरसभाको ११ औं अधिवेशन असार ५ गते
    images

    काठमाडौं महानगरपालिकाको नगरसभाको ११ औं अधिवेशन असार ५ गते गर्ने निर्णय भएको छ । आइतबार बसेको नगरपालिका कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो ।

    महानगरपालिकाका मेयर बालेन्द्र शाहले असार ५ गते अधिवेशन बोलाउन गरेको प्रस्ताव कार्यपालिकाले स्थानीय सरकार सञ्चालन ऐन दफा ६५ बमोजिम स्वीकृत भएको हो । यस्तै बैठकले स्थानीय राजश्व परामर्श समिति गठन गर्दै सोको संयोजकमा उपमेयर सुनितालाई तोकेको छ ।

    यस्तै प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्ष सुमन श्रेष्ठ सदस्य तथा महिला सदस्यमा मीना सिंह रहेकी छन् ।  नगरपालिका अन्तरगत १२ वडा विषयगत समिति पनि कार्यपालिकाले बनाएको छ ।

    जसअनुसार सुशासन समितिको संयोजकमा खेमराज, वित्त समितिमा ईश्वरमान डंगोल, सामाजिकमा सानुकुमार केसी, पूर्वाधारमा मुकुन्द रिजाल, स्वास्थ्य तथा शिक्षामा चिनकाजी महर्जन, विधायनमा बटाराज महर्जन, राजश्वमा नवराज पराजुली, वातावरणमा बालकृष्ण महर्जन, भवन व्यवस्थापन हीरालाल तण्डुकार, सूचना प्रविधिमा नविन मानन्धर, सम्पदा तथा पर्यटन आशामान संगत र विपद व्यवस्था समितिमा प्रेम थापा संयोजक चयन भएका छन् ।

    प्रकाशित मिति :जेठ २९ २०७९ आइतवार - १२:३५:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij