Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

निजगढ विमानस्थलका लागि विनियोजित बजेटमाथि मन्त्री आलेले पोखे यस्तो आक्रोश

निजगढ विमानस्थलका लागि विनियोजित बजेटमाथि मन्त्री आलेले पोखे यस्तो आक्रोश


  • 2.2K
    Shares

    निजगढ विमानस्थलका लागि विनियोजित बजेटमाथि मन्त्री आलेले पोखे यस्तो आक्रोश
    images

    काडमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्छ भनेर नउफ्रिन मन्त्रीहरूलाई चेतावनी दिएका छन् ।

    आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरको प्रस्तावित आन्तरिक टर्मिनल भवनको शिलान्यस गर्दै मन्त्री आलेले सरकारले आगामी आर्थिक वर्षका लागि छुट्याएको बजेटप्रति आपत्ति जनाउँदै विमानस्थल बन्छ भनेर अव्यवहारिक कुरा नगर्न मन्त्रीहरूलाई चेतावनी दिएका हुन् ।

    मन्त्री आलेले अर्थ मन्त्रालयले निजगढ विमानस्थल निर्माणका लागि आगामी आर्थिक वर्षको बजेटमा कम रकम छुट्याएको भन्दै आपत्ति जनाएका हुन् । 'आज कतिपय मन्त्री साथीहरूले भन्ने गरेका छन्, निजगढ एयरपोर्ट बन्छ, के दाँत फुकालेर गर्ने ? दाँत फुकालेर एयरपोर्ट बन्छ ?,' उनले भने, 'बजेट दिने बेलामा २६ करोड रुपैयाँ दिने, एक खर्ब २० अर्बको लागत अनुमान छ । २६ करोड रुपैयाँमा बन्छ ?' २६ करोड विनयोजन गरेर अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुन्छ भनेर अभिव्यक्ति नदिन उनले चेतावनी दिएका हुन् ।

    मन्त्री आलेले न्यायपालिकाले कार्यपालिकामाथि हस्तक्षेप गरिरहेको भन्दै न्यायपालिकालाई कार्यपालिकामाथि हस्तक्षेप गर्ने अधिकार कसले दियो भन्दै प्रश्न गर्दै विमानस्थल निर्माणमा र ३ खर्ब र फास्टट्रयाकका लागि २ खर्ब खर्च भइसकेको भन्दै न्यायपालिकाले मधेसलाई राजधानीसँग जोड्न नचाहने, मधेसमाथि विभिन्न ठाउँबाट हस्तक्षेप गरेको आरोपसमेत लगाए ।

    प्रकाशित मिति :जेठ २९ २०७९ आइतवार - १२:०३:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij