२०८२ मंसिर ६ गते शनिवार
काठमाडौं । पूर्वडीआईजी रमेश खरेलले काठमाडौं क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरेका छन् ।
खरेलले आगामी संसदीय चुनाव लड्ने घोषणा गरेका हुन् । नेपाल सुशासन पार्टीले खरेललाई आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेसँगै उनले प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी रहने घोषणा गरेका हुन् ।
खरेल सुशासन पार्टीका अध्यक्षसमेत हुन् । यसअघि उनको पर्सा वा काठमाडौंबाट उम्मेदवार बन्ने तयारीका समाचारहरू सार्वजनिक भएका थिए । नेपाली कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंह २०७४ सालको संघीय निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए ।
सरकारले कात्तिक वा मंसिरमा चुनाव गराउने तयारी गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij