Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

डेढ वर्षभित्र विद्युतका तारहरू अन्डरग्राउन्ड हुन्छ :मेयर बालेन

डेढ वर्षभित्र विद्युतका तारहरू अन्डरग्राउन्ड हुन्छ :मेयर बालेन


  • 2.5K
    Shares

    डेढ वर्षभित्र विद्युतका तारहरू अन्डरग्राउन्ड हुन्छ :मेयर बालेन
    images

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले काठमाडौं महानगरपालिका सबै सरोकारवाला निकायसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन्। 

    महानगर कार्यपालिकाको दोस्रो बैठकमा प्रमुख शाहले सडक, विद्युत् र खानेपानीका प्रमुखलाई राखेर आफूले बैठक आयोजना गरेको र सो बैठकमा विद्युत् प्राधिकरणका तर्फबाट यस्तो प्रतिबद्धता जनाइएको जानकारी दिए।

    उनले हरेक महिनाको पहिलो सोमबार सडक, विद्युत्, खानेपानी लगायतका निकायका प्रमुखसँग बैठक आयोजना गर्ने र त्यसमा एक आपसबिच सहकार्यको समीक्षा गरिने बताए।

    सडक, खानेपानी, विद्युत् प्राधिकरण लगायतका निकायले गरेका कामको अनुगमन महानगरले गर्ने र एकीकृत योजनाका अनुसार ती सबै निकायले समन्वयात्मक ढङ्गले काम गर्ने पनि महानगर प्रमुख शाहले बताए।

    प्रकाशित मिति :जेठ २९ २०७९ आइतवार - ११:१८:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij