Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

१५ अंकले बढ्यो सेयर बजार, ६ अर्ब बराबरको कारोबार

१५ अंकले बढ्यो सेयर बजार, ६ अर्ब बराबरको कारोबार


  • 8.0K
    Shares

    १५ अंकले बढ्यो सेयर बजार, ६ अर्ब  बराबरको कारोबार
    images

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से) आज १५.८७ अंकले बढेको छ । हिजो मंगलबार पाँच अंकले घटेको नेप्से परिसूचक आज बढेको हो ।

    बजार बढेको दिन एक करोड ५९ लाख कित्ता सेयर किनबेच भएको छ। यस्तै, यसक्रममा ६ अर्ब २१ करोड रूपैयाँ बराबरको कारोबार भएको छ ।

    कारोबार सुरू हुनसाथ घटेको सेयर बजार १० मिनेट घटेपछि फेरि सुधारिन थालेको थियो । त्यसपछि लगातार सुधारिँदै दुई हजार तीन सय ४२ अंकमा पुगेर रोकिएको छ । यो, नेपालको सेयर बजारमा कायम भएको सबैभन्दा उच्च बिन्दु हो ।

    सेयर बजार बढे पनि आज बैंक, व्यापार, होटल, उत्पादनमूलक र अन्य समूह घटेका छन् । यी बाहेक अन्य सात समूह भने बढेका छन् । आज विकास बैंक, जलविद्युत्, वित्त, निर्जीवन बीमा, लघुवित्त, जीवन बीमा र अन्य समूह बढेका हुन् ।

    प्रकाशित मिति :माघ ७ २०७७ बुधवार - १५:४८:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij