२०८२ मंसिर ६ गते शनिवार
जाजरकोटको जुनीचाँदे गाउँपालिका वडा नम्बर–५ स्थित बलेबनमा जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जुनीचाँदे गाउँपालिका–६ घर भएकी ३४ वर्षीया कालिका शाही, २१ वर्षीय दर्शन शाही र वडा नम्बर–५ शिवपुरी घर भएकी ४० वर्षीया पुतला गिरी छन् ।
गम्भिर घाइतेहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत ल्याउन लागिएको कर्णाली प्रदेशका एसएसपी राजेशनाथ बास्तोलाले बताए । सो बोलेरो ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । बोलेरो सडकबाट करिब ५० मिटर तल खसेको छ । ईप्रका गर्खाकोटबाट खटिएको टोलीले घाइतेहरुको उद्दार गरिरहेको छ । जिपमा ११ जना सवार थिए ।
दुर्घटनामा परेर जुनिचाँदे–६ बस्ने ८ वर्षीया नमुना सिंह, १४ वर्षीया सरिता शाही, १३ वर्षीया समिक्षा शाही, ३९ वर्षीय विष्णु बहादुर शाही, १३ वर्षीया विपना शाही र २० वर्षका लाल बहादुर बुढा घाइते भएका छन् । वडा नम्बर–५ का ३० वर्षीय नर बहादुर शाही र दैलेख घर भएका २५ वर्षीय टोपबहादुर थापा पनि घाइते छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij