Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

विप्लव नेतृत्वको नेकपाका ८ जना कार्यकर्ता रिहा हुँदै

विप्लव नेतृत्वको नेकपाका ८ जना कार्यकर्ता रिहा हुँदै


  • 2.2K
    Shares

    विप्लव नेतृत्वको नेकपाका ८ जना कार्यकर्ता रिहा हुँदै
    images

    नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको माग सम्बोधन गर्नका लागि सरकारले आठ जनालाई रिहाइ गर्ने प्रक्रिया अघि बढाएको छ ।

    जघन्यसहित विभिन्न आरोपमा पक्राउ परेका ३२ मध्ये पहिलो चरणमा आठ जनालाई रिहाइ गर्ने प्रक्रिया गृह मन्त्रालयले अघि बढाएको हो । गत बुधबार गृहमन्त्री बालकुष्ण खाँण र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माको टोलीबीच भएको भेटघाटमा सो जानकारी आदान प्रदान भएको हो ।

    केपी ओली नेतृत्वको सरकासँग सम्झौता गरेर शान्ति प्रक्रियामा आएका विप्लव नेतृत्वको पार्टीका नेता तथा कार्यकर्ता अझै पनि थुना र हिरासतमा रहेपछि सरकारसँग रिहाइका लागि पहल अझै भइरहेको हो ।

    सो क्रममा सैन्य कानुनअन्तर्गत पक्राउ परी सैन्य अदालतबाट जन्मकैदको फैसालाअनुसार जेल बिताइरहेका झलकुमार महतलाई भने गृह मन्त्रालयको सिफारिसमा राष्ट्रपतिबाट माफी दिएर रिहाइ भइसकेका छन । महत युद्धकालमा नेपाली सेनाको जागिर छाडेर माओवादीले सञ्चालन गरेको युद्धमा सहभागी भएका थिए ।

    शान्ति प्रक्रियामा आउनुअघि विप्लव नेतृत्वको नेकपाका नेता तथा कार्यकर्ताविरुद्ध ४०० भन्दा बढी मुद्दा चलेको भए पनि क्रमश: तीनको संख्या घटेर अहिले १०० को हाराहारीमा रहेको विश्वकर्माले जानकारी दिए ।

    प्रकाशित मिति :जेठ २७ २०७९ शुक्रवार - ११:०९:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij