२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटको सुनुवाइका क्रममा मंगलवार अधिवक्ता शेरबहादुर ढुंगानालाई विषयकेन्द्रित भन्दा बाहिर गएर बहस गर्न थालेपछि प्रधानन्यायाधीश राणाले विषयकेन्द्रित बहस गर्न निर्देशन दिएका छन् ।
‘राष्ट्रपति प्रधानमन्त्रीबाट पनि गल्ती हुन सक्छन्, त्यसलाई संवैधानिक कानूनले सच्याउन सक्छ । जनताले राष्ट्रपति ठूलो कि प्रधानमन्त्री ठूलो भन्ने पनि बहस गरिरहेका हुन्छन्,’ ढुंगानाले यसो भन्दा चोलेन्द्रले उनलाई रोक्दै भने– इतिहास नबताउनुस्, जन्मेदेखि अहिलेसम्मको व्याख्या नगर्नुस्, विषयमा प्रवेश गर्नुस् ।’
अधिवक्ता ढुंगानाले जर्मन तानाशाह हिटलरले पनि आफूले बनाएको संविधान मान्ने गरेको तर अहिलेका प्रधानमन्त्रीले नमानेको आरोप लगाए ।
मंगलवार शुरूआती बहस अधिवक्ता डा. शिवकुमार यादवले गरेका थिए । उनले संविधानको धारा ७६ (१), (२) र (३) अनुसार गठन भएका सरकारले प्रतिनिधि सभा विघटन गर्न नमिल्ने जिकिर पेश गर्दै विघटनको निर्णय बदरभागी भएको बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij