Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ भर्ने आज अन्तिम दिन

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ भर्ने आज अन्तिम दिन


  • 8.9K
    Shares

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ भर्ने आज अन्तिम दिन
    images

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण शेयर (आईपीओ) भर्ने आज अन्तिम दिन रहेको छ । धितोपत्र बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार आज कार्यालय समय भित्र आवेदन दिन सकिने छ ।  

    बैंकको आईपीओमा हिजो सोमबार साँझसम्म ११ लाख ७७ हजार ९ सय २० जनाले आवेदन दिइसकेका छन् । १४ अर्ब १९ करोड ९६ लाख ४२ हजार रुपियाँ बराबरको १४ करोड १९ लाख ९६ हजार ४ सय २० कित्ताका लागि आवेदन परिसकेको सिडिएस एण्ड क्लियरिङ हाउसले जनाएको छ ।   

    माघ २ गतेदेखि अहिलेसम्मकै ठूलो ८ अर्ब रुपियाँको ८ करोड कित्ता आईपीओ निष्काशन खुला भएको हो । कुल ८ करोड कित्तामध्ये ०.२०%ले हुन आउने एक लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याईएको छ । 

    त्यस्तै, थप ५%ले हुन आउने ४० लाख कित्ता शेयर भने सामुहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ता भने सर्वसाधारणका लागि आवेदन खुला गरिएको हो । 

    प्रकाशित मिति :माघ ६ २०७७ मंगलवार - १२:०६:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij