Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

होम आइसोलेसनमा बसेका एक कोरोना संक्रमितको मृत्यु 

होम आइसोलेसनमा बसेका एक कोरोना संक्रमितको मृत्यु 


  • 6.8K
    Shares

    होम आइसोलेसनमा बसेका एक कोरोना संक्रमितको मृत्यु 

    बाँके । बाँकेमा  होम आइसोलेसनमा बसेका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार, नेपालगन्ज उपमहानगरपालिका –१०, भृकुटीनगरका ७० वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको हो । उनलाई पुस २६ गते कोरोना पुष्टि भएको थियो । कोरोना भएपछि घरमै बसेका उनलाई अक्सिजनको लेभल कम देखिएपछि २७ गते भेरी अस्पतालमा ल्याइएको थियो।

    भेरी अस्पतालमा उपचारको क्रममा स्वास्थ्यमा सुधार आएपछि उनलाई २९ गते पुन: होम आइसोलेसनमा लगिएको थियो । बाँकेमा योसहित कोरोना बाट मृत्यु हुनेको संख्या ५० पुगेको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार, जिल्लामा अहिले पनि ६१ जना होम आइसोलेसनमा छन् ।

    प्रकाशित मिति :माघ ६ २०७७ मंगलवार - ११:५०:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij