Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

प्रदेश १ मा प्रचण्ड–माधव पक्षको संसदीय दलको बैठक बस्दै

प्रदेश १ मा प्रचण्ड–माधव पक्षको संसदीय दलको बैठक बस्दै


  • 6.4K
    Shares

    प्रदेश १ मा प्रचण्ड–माधव पक्षको संसदीय दलको बैठक बस्दै
    images

    काठमाडौं । प्रदेश १ मा नेकपा प्रचण्ड–माधव पक्षको संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको प्रदेश सांसद इन्द्रबहादुर आङ्वोले जानकारी दिए । 

    उनका अनुसार बुधबारबाट बस्ने प्रदेशसभा बैठक अघि नेकपाको बहुमत पक्षको संसदीय दलको बैठक बस्न लागेको हो । यसअघि प्रचण्ड माधव पक्षले मुख्यमन्त्री समेत रहेका दलका नेता शेरधन राईलाई हटाएर भिम आचार्यलाई चयन गरिसकेको छ । 

    प्रदेश सभा बैठकमा नेकपाको बहुमत पक्षले प्रदेशका मुख्यमन्त्री राईविरुद्ध दर्ता गरको अविस्वासको प्रस्ताव निणर्याथ प्रस्तुत गर्ने तयारी छ । तर गत पुस १० गते ३७ सांसदले राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।

    त्यसमध्ये ३ जना सांसदले आफ्नो हस्ताक्षर फिर्ता गरिसकेका छन् । कुल ९३ जना सांसद रहेको यो प्रदेशमा नेकपाका कुल ६७ जना सांसद छन् । 

    अविस्वास प्रस्ताव पास भए मुख्यमन्त्री राईको सरकार ढल्छ । तर, राइले काँग्रेसको साथ लिएर सरकार जोगाउने प्रयास गरिरहेका छन् । अविस्वास प्रस्ताव पास भएसँगै आफ्नो नेतृत्वमा सरकार बनाउने तयारीमा रहेको नेकपाको प्रचण्ड माधव पक्षको पनि एकल बहुमत नपुगेमा काँग्रेसकै साथ लिएर सरकार बनाउने योजनामा छ । 

     

    प्रकाशित मिति :माघ ६ २०७७ मंगलवार - ११:४२:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij