२०८२ भाद्र ३ गते मंगलवार
विराटनगर । मोरङको सुनवर्सीमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा पाँच विद्यार्थी घाइते भएका छन् ।
आज बिहान डाइनियाबाट मेरिल्याण्ड कलेजका विद्यार्थी लिएर विराटनगर आउँदै गरेको बा २ ख ४५८ नम्बरको बस भेडुवाथानमा दुर्घटना भएको हो । बाक्लो हुस्सुका कारण बाटो राम्ररी देख्न नसकिएको र अचानक आएको मोटरसाइकल बचाउने क्रममा गाडी पल्टिएको प्रहरीले जानकारी दिएको छ ।
घाइते भएका विद्यार्थीमा रतुवामाई नगरपालिका-३ की १७ वर्षीया रेजिना घिमिरे, १६ वर्षीया श्रद्धा भट्टराई, मनिषा राजवंशी, निशा ताजपुरीया र विशालकुमार मण्डल रहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । घाइते विद्यार्थीहरुलाई उपचारका लागि विराटनगर ल्याइएको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान शुरु गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij