२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले तीन दिने स्पष्टिकरण सोधिएको पत्र पठाएको छ ।
स्पष्टिकरण पत्र लिएर स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र कार्यालय सचिव श्रीराम ढकाल सोमबार बालुवाटार पुगेका थिए । पाण्डे र ढकालले स्पष्टिकरण पत्र बालुवाटारको गेटमा बुझाएका थिए ।
"बालुवाटारको गेटमा बस्ने सुरक्षाकर्मीले भित्र खबर गरेका थिए । भित्रबाट पत्र बुझ्नु भनेपछि हाम्रो पत्र उनीहरूले बुझेका हुन्," ढकालले भने, "भित्रबाट बुझ्नु नभनेको भए उनीहरुले नबुझ्ने रहेछन्। हामी पत्र बुझाएर गेटबाटै फर्किएका हौं।’ उनले भने हामीलाई भित्र जाने अनुमति थिएन।
पत्रमा ओलीलाई कारबाही गर्नुको कारणबारे सोधिएको ढकालले जानकारी दिए ।
"पार्टीको विधान विपरित काम गरेको र पार्टी अनुशासन उलंघन गरेको आरोप उहाँलाई लगाइएको छ,’ उनले भने, ‘तीन दिन भित्र चित्तबुझ्दो जवाफ नआएमा साधरण सदस्यसमर्त नरहने गरि उहाँलाई कारबाही हुनेछ।"
गत शुक्रबार बसेको प्रचण्ड-नेपाल पक्षीय स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई स्पष्टिरकण सोध्ने निर्णय गरेको थियो।
पुस ५ गते असंवैधानिक रूपमा संसद विघटन गरेसँगै प्रचण्ड(नेपाल पक्षीय स्थायी कमिटी बैठकले पार्टी अध्यक्षबाट हटाउन केन्द्रीय कमिटीलाई सिफारिस गरेको थियो । पुस ७ गते बसेको प्रचण्ड-नेपाल पक्षीय केन्द्रीय कमिटीले ओलीलाई अध्यक्षबाट हटाएको थियो। ओलीको ठाउँमा माधव नेपाल अध्यक्ष बनेका छन् । ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा २ सय ९७ जना उपस्थित बैठकले ओलीलाई हटाएर नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij