Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

प्याकुरेलले यसरी सम्हाले विभागको महानिर्देशकको जिम्मेवारी

प्याकुरेलले यसरी सम्हाले विभागको महानिर्देशकको जिम्मेवारी


  • 6.4K
    Shares

    प्याकुरेलले यसरी सम्हाले विभागको महानिर्देशकको जिम्मेवारी
    images

    काठमाडौं । शहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकमा नवराज प्याकुरेल नियुक्त भएका छन् । शहरी विकास मन्त्रालयले सहसचिव प्याकुरेललाई विभागको महानिर्देशको जिम्मेवारी दिएको हो ।

    p.jpg

    नवनियुक्त महानिर्देशक प्याकुरेलले सोमबार नै शहरी विकास तथा भवन विभागमा पदभार ग्रहण गरेका छन् । मन्त्रालय अन्तर्गतको विभिन्न निकाय मध्ये विभाग सवै भन्दा बढी जिम्मेवारी भएको र धेरै बजेट खर्च गर्ने निकाय भएकाले त्यहाँको महानिर्देशक पदलाई निकै आकर्षक पदका रुपमा हेर्ने गरिन्छ ।

    ppppppppppppppp.jpg

    मन्त्रालय अन्तर्गतको विभाग सरकारी भवन तथा सघन सहरी विकासका साथै शहरी क्षेत्रको पुर्वाधार विकास गर्ने महत्वपुर्ण निकाय हो । नवनियुक्त महानिर्देशक प्याकुरेलले विभाग अन्तर्गत भइरहेका कामलाई अझै प्रभावकारी रुपमा अघि बढाउने प्रतिवद्धता जनाएका छन् ।

    प्याकुरेलले हाल निर्माणाधीन अवस्थामा रहेका संघीय संसद भवन, मुख्यमन्त्री तथा प्रदेश प्रमुख निवास, प्रधानमन्त्री निवास, बञ्चरे डाँडास्थित ल्याडफिल साइड, गोदावरीको सभाहल लगायत ठुला परियोजनालाई समयमै सम्पन्न गराउन मन्त्रालयसँग समन्वय गरेर अघि बढ्ने बताए । नवनियुक्त महानिर्देशक प्याकुरेल बिल्डिङ एण्ड आर्किटेक समुहमा काबिल प्राविधिक सहसचिवका रुपमा सर्बत्र चिनिएका छन्।

    प्रकाशित मिति :माघ ५ २०७७ सोमवार - १६:३५:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij