Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

ओलीसँग स्पष्टीकरण सोधिएको पत्र बोकेर सुरेन्द्र पाण्डे बालुवाटारमा

ओलीसँग स्पष्टीकरण सोधिएको पत्र बोकेर सुरेन्द्र पाण्डे बालुवाटारमा


  • 6.3K
    Shares

    ओलीसँग स्पष्टीकरण सोधिएको पत्र बोकेर सुरेन्द्र पाण्डे बालुवाटारमा
    images

    काठमाडौं । प्रधानमन्त्री एवं विभाजन अघिको नेकपाका अध्यक्ष (हाल नेकपा ओली समूहका अध्यक्ष) केपी शर्मा ओलीसँग स्पष्टीकरण सोधिएको पत्र बोकेर नेकपा (प्रचण्ड–नेपाल) समूहका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे बालुवाटार पुगेका छन् ।

    प्रचण्ड–नेपाल समूहले ओलीलाई अध्यक्षबाट हटाएको घोषणा गरे पनि केन्द्रीय समिति सदस्यमा यथावत राखेको थियो । अझै पनि पार्टी हित विपरीतका गतिविधि जारी राखेको भन्दै पार्टीको साधारण सदस्यबाटै किन नहटाउने ? भनेर स्पष्टीकरण सोध्ने निर्णय प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठकले गरेको थियो ।

    सोही पत्र बोकेर नेता पाण्डे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् । मन्त्रिपरिषद्को सिफारिशमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि सत्तारुढ नेकपा विभाजित भएको छ । 

    निर्वाचन आयोगबाट औपचारिकता नपाए पनि नेकपाका दुवै पक्षले छुट्टाछुट्टै बैठक र गतिविधि जारी राखेका छन् ।

     

    प्रकाशित मिति :माघ ५ २०७७ सोमवार - १६:१९:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij