Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

महिलाको कार्यक्रममा प्रचण्डले ओलीको यसरी उडाउनु सम्म उडाए धज्जी 

महिलाको कार्यक्रममा प्रचण्डले ओलीको यसरी उडाउनु सम्म उडाए धज्जी 


  • 7.4K
    Shares

    महिलाको कार्यक्रममा प्रचण्डले ओलीको यसरी उडाउनु सम्म उडाए धज्जी 
    images

    काठमाडौं । विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको बहुदलीय जनवादी कार्यदिशा त्याग्ने पहिलो नेता भएको बताए ।

    पार्टी निकट महिला संगठनले सोमबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले पार्टी एकताका बेला ओलीले जबज किन त्यागे भनेर आफू आश्चर्यमा परेको बताए । त्यतिबेला ओली जबज त्याग्न तत्पर भएपछि आफू माओवादा र एक्काइसौँ शताब्दीमा जनवाद पनि त्याग्न र नयाँ कार्यदिशा तय गर्न तयार रहेको प्रष्टीकरण दिए ।

    पार्टी एकताका बेला जबज त्याग्न सहमत भएको त्यसपछि मदन भण्डारी फाउन्डेसनका नाममा पुनः ब्युँताउन उद्यत रहेको पनि बताए ।

    अध्यक्ष प्रचण्डले एकतापछि फुटपरस्त गतिविधि बढाएको र कालान्तरमा संसद्कै हत्या गर्न अग्रसर हुने ओली प्रवृत्तिलाई चिन्नुपर्ने पनि बताए । उनले केही नेता–कार्यकर्ता अहिले पनि ओलीको भ्रममा परेको बताउँदै उनीहरू फर्कने विश्वास पनि व्यक्त गरे ।

    प्रकाशित मिति :माघ ५ २०७७ सोमवार - १६:०४:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij