२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । काठमाडौं उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ ।
आज काठमाडौंको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम पाँच दशमलव छ डिग्री मापन गरिएको छ । बुधबार काठमाडौंको न्यूनतम तापक्रम छ दशमलव शून्य डिग्री थियो ।
मौसमविद् मीनकुमार अर्यालका अनुसार देशभर चिसो बढ्दै जाने क्रममा रहेको छ । तापक्रम घट्ने क्रममा छ । अब चिसो क्रमशः बढ्दै जान्छ, मौसमविद् अर्यालले भनिन् । दिनभर घाम लागे पनि बिहान र बेलुका जाडो बढेको महसुुस भएको छ ।
मौसमविद्का अनुसार पानी पर्यो भने अझै जाडो बढ्छ । तत्काललाई पानी पर्ने सम्भावना रहेको छैन । वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको बताइएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव छ डिग्री र अधिकतम तापक्रम २२ दशमलव तीन डिग्री सेल्सियस रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij