Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

प्रचण्ड-माधवले प्रधानमन्त्री ओली माथि आजै खोल्दैछन् यस्तो अन्तिम फायर 

प्रचण्ड-माधवले प्रधानमन्त्री ओली माथि आजै खोल्दैछन् यस्तो अन्तिम फायर 


  • 6.5K
    Shares

    प्रचण्ड-माधवले प्रधानमन्त्री ओली माथि आजै खोल्दैछन् यस्तो अन्तिम फायर 
    images

    काठमाडौं । प्रचण्ड-माधवकुमार नेपाल नेतृत्वको नेकपाले आज प्रधानमन्त्री तथा विभाजित पार्टीका अध्यक्षा केपी शर्मा ओलीलाई साधारण सदस्यबाट निष्कासन गर्न अन्तिम स्पष्टीकरण माग्ने भएको छ ।

    विभाजित समूहका अध्यक्ष माधव नेपालले सोमवार महिला संघको बैठकलाई सम्बोधन गर्दै आज अन्तिम स्पष्टिकरण पठाइने र त्यसपछि सदस्य पनि नरहने गरी निष्कासन हुने बताए ।

    नेपालले भने- ‘आजै अन्तिम स्पष्टीकरणपत्र पठाउँदैछौं । तपाईं सुध्रिनुभएन,पार्टीको विधान पालना गर्नुभएन,अनुशासन उल्लंघन गर्नुभयो । अध्यक्षबाट हटाएर केन्द्रीय सदस्यसम्म त राखेको थियौं अब झनै मैमत्त हुँदै जानुभयो । जे पायो त्यही बोलिरहनुभएको छ । अब तपाईंलाई तह लगाउने कुनै उपाय रहेन ।’

    नेपालले ओलीलाई पार्टीको बहुमतले पनि तह लगाउन नसकेको र संविधानले पनि बाँध्‍न नसकेको भन्दै तानाशाहीको चरम सिमा नाघेको बताए ।

    ओली सुध्रिने कुनै सम्भावना नरहेको भन्दै उनले मैमत्तकारी प्रवृतिको वाहक बनेको आरोप लगाए । नेपालले भने-अब कम्युनिस्ट पार्टीले भन्नुपर्छ कस्तो कुपुत्र जन्माइयो केपी ओली ।

    प्रकाशित मिति :माघ ५ २०७७ सोमवार - १४:३३:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij