Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

प्रचण्ड-नेपाललाई बाबुरामको प्रश्न : अझै सत्तामा जान खोजिरहनुभएको हो ?

प्रचण्ड-नेपाललाई बाबुरामको प्रश्न : अझै सत्तामा जान खोजिरहनुभएको हो ?


  • 6.1K
    Shares

    प्रचण्ड-नेपाललाई बाबुरामको प्रश्न : अझै सत्तामा जान खोजिरहनुभएको हो ?
    images

    काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई आफ्नो कित्ता क्लियर गर्न आग्रह गरेका छन् ।

    काठमाडौंमा आयोजित एक अन्तर्किया कार्यकममा बोल्दै नेता भट्टराईले संसद विघटनपछि देश गम्भीर मोडमा गएको बताउँदै प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री ओलीलाई कारबाही गर्नतर्फ नलाग्नुले शंका उत्पन्न भएको बताए । संसद विघटन गर्ने ओलीको कदमलाई डा भट्टराईले विदेशी शक्तिहरुको इशारामा रहेको समेत आरोप लगाएका छन् ।

    डा. भट्टराईले भने - ‘केपी ओलीलाई तपाईँहरु किन निकाल्नु हुन्न ? उहाँलाई पार्टीबाट ननिकालेको देख्दा तपाईंहरू अझै पनि सत्तामा जान खोजिरहनुभएको त होइन’, भट्टराईले भने, ‘कित्ता क्लियर गरिहाल्नुस् ।’

    उनले सर्वोच्च अदालतबाट प्रतिनिधसभा पुनर्स्थापना नभए आफूहरु हातमा दही जमाएर नबस्ने चेतावनी समेत दिए । ‘हामी शान्तिपूर्ण ढंगले आन्दोलन गर्छौं । बाहिरी शक्ति आयो भने हातमा दही जमाएर बस्दैनौँ,’ नेता भट्टराईले भने ।

    प्रकाशित मिति :माघ ५ २०७७ सोमवार - १३:५०:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij