Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

प्रतिनिधिसभा विघटनविरुद्ध बहस गर्न १८८ वकिलले नाम लेखाए, कहिले सकिन्छ सुनुवाई ?

प्रतिनिधिसभा विघटनविरुद्ध बहस गर्न १८८ वकिलले नाम लेखाए, कहिले सकिन्छ सुनुवाई ?


  • 6.9K
    Shares

    प्रतिनिधिसभा विघटनविरुद्ध बहस गर्न १८८ वकिलले नाम लेखाए, कहिले सकिन्छ सुनुवाई ?
    images

    काठमाडौं । आईतबार देखि संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि शुरु भएको सुनुवाइ आज पनि जारी छ ।

    संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध १३ वटा रिट विचाराधीन छन । प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदककातर्फबाट बहस गर्न १८८ अधिवक्ताले वकालतनामा भरेको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।

    आज सुरूमा बहस गर्दै रिट निवेदकका तर्फबाट अधिवक्ता दिनमणि पोखरेलले  संविधानको धारा ७६ (७)ले संसद विघटनको अधिकार प्रधानमन्त्रीलाई नदिएको उल्लेख गर्दै सरकार चलाउन नसके राजीनामा दिनुपर्ने बताए।

    आइतबार अधिवक्ता भीमार्जुन आचार्य र सुनीलकुमार पोख्रेलले बहस गरेका थिए भने आज दोस्रो दिन अहिले दीनमणि पोख्रेलले बहस गरिरहेका छन् । पुस ५ गते प्रतिनिधिसभा विघटन भएको थियो । विघटन भएको आज एक महिना पुगेको छ।

    प्रकाशित मिति :माघ ५ २०७७ सोमवार - १३:४२:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij