Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

टोपवहादुर ओलीको काँधमा टेकेर प्रचण्डको जुल्फी भुत्ल्याउन यसकारण भए सक्रिए

टोपवहादुर ओलीको काँधमा टेकेर प्रचण्डको जुल्फी भुत्ल्याउन यसकारण भए सक्रिए


  • 11.8K
    Shares

    टोपवहादुर ओलीको काँधमा टेकेर प्रचण्डको जुल्फी भुत्ल्याउन यसकारण भए सक्रिए
    images

    काठमाडौं । प्रतिनिधीसभा विघठन पछी टोपवहादुर रायमाझी अहिले राष्ट्रिय चर्चामा छन् । माओवादी जनयुद्धको एक संस्थापक रायमाझीले प्रचण्डको साथ छाडेर केपी ओलीतिर लागेदेखिनै उनको चर्चा चुलियो ।

    यसबीचमा कहिले एमसीसीबारे बोलेर त कहिले प्रचण्डको बारे बोलेर चर्चामा आइरहेका रायमाझीलाई लक्षित गर्दै विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आक्रोशपूर्ण भाषण गरिरहेका छन् । उनले रायमाझी लगायत ओलीतिर लागेका पूर्व माओवादीहरुलाई नयाँ जोगी भनेका छन् ।

    रायमाझीले भने प्रचण्डलाई कहिल्यै कार्यकर्ताबाट निर्वाचित हुन नचाहने,३३ वर्षद देखि टीके अध्यक्ष (पार्टी)प्रमुख भएको र अहिले केपी ओलीलाई कु गरेर देशमा अस्थिरता सिर्जना गर्न खोजेको जस्ता आरोप लगाउँदै आफूले प्रचण्ड छाड्नुको औचित्य पुष्टि गरिरहेका छन् ।

    प्रचण्डले उल्फासँग युद्ध सिक्न पठाएका रायमाझी

    टोपवपहादुर रायमाझीको लिगेसी मोहनविक्रम सिंह,चित्रवहादुर केसी र बाबुराम भट्टराई हुँदै बाबुरामले माओवादी छाडेपछि प्रचण्डसँग जोडिएको थियो । संयोग नै मान्नुपर्छ टोपवहादुर,प्रभु साह लगायतका बाबुरामसँग लिगेसी जोडिएका नेता नेकपा विभाजनसँगै ओलीसँग जोडिएका छन् ।

    रायमाझी तत्कालिन नेकपा मसालको विद्यार्थी संगठन अनेरास्ववियु छैटौं र युवक संगठनको अध्यक्ष हुँदै २०४८ मा मसाल छाडेर प्रचण्ड बाबुरामको पार्टी नेकपा एकता केन्द्र हुँदै माओवादी जनयुद्धको शुरु हुने बेलाको ३१ सदस्यीय नेतृत्वका एक नेता थिए ।जनयुद्धकालमा उनले प्रायः मध्यक्षेत्रको कमाण्ड गरेका थिए ।

    रायमाझीको जीवनको अर्को रोचक पाटो के हो भने, युद्ध शुरु नहुँदै प्रचण्डले उनलाई युद्धकला सिक्न भारतको आसामका उल्फा विद्रोहीसँग पठाएका थिए । मार्सल आर्टका खेलाडी भएकाले पनि उनी प्रचण्डको रोजाइमा परेका हुनसक्छन् ।

    जनयुद्ध शुरु भएको केही समयपछिनै टोपवहादुर प्रवास इन्चार्ज बनेर दिल्ली गएका थिए । माओवादीका तत्कालिन महामन्त्री प्रचण्डसहित पार्टी हेडक्वार्टरको व्यवस्थापन र सुरक्षाको जिम्मा उनको थियो । उनको ससुराली पनि दिल्लीमा भएकाले यो जिम्मा दिइएको थियो ।

    जनयुद्ध उत्कर्षमा पुगेकै बेला माओवादीमा झण्डै विभाजन आयो । प्रचण्डले बाबुराम भट्टराई सहित मसालबाट विद्रोह गरेर आएका अधिकांश नेताहरुलाई कारवाही गरे । टोपवहादुर रायमाझीले कारवाहीको विरोध गरे ।

    तर एक अर्कालाई सिध्याउनै लागेका प्रचण्ड र बाबुरामलाई मिलाउन उहाँलेनै निर्णायक भूमिका खेलेका थिए, जसको प्रशंसामा प्रचण्डले चुनवाङ बैठकमै २ घण्टा खर्च गरेका थिए ।

    माओवादी जनयुद्धको अन्तिम चरणमा टोपवहादुर रायमाझी दुस्मनको ढाडमा टेकेर टाउकोमा हान्ने अभियानको नेतृत्वमा थिए । त्यसबेला माओवादीको परिभाषामा गण्डक ढाड थियो, जसको इन्चार्ज रायमाझी थिए ।

    ३० वर्षपछि रायमाझीको यू-टर्न 

    प्रचण्डसँगको करीव ३० वर्षको सहयात्रा छाडेर ओलीतिर लागेका रायमाझी यसबीचमा देशव्यापी अभियानमा छन् । बुटवलको भाषणपछि लुम्विनीमा अझ चर्चामा रहेका रायमाझीले शनिवार गृहजिल्ला अर्घाखाँचीमा शक्ति प्रदर्शन गरे ।

    २०६४ पछि लगातार तीनपटक चुनाव जितेका रायमाझी ओली पक्षमा लागेपछि अर्घाखाँचीमात्र होइन लुम्विनीकै नेकपाको समीकरणमा फेरबदल आएको छ । रायमाझी अ‍ोलीतिर लाग्नुको फाइदा लुम्विनीका मुख्यमन्त्री शंकर पोखरेललाई पनि भएको छ,जसका कारण लगभग प्रदेश सरकार सुरक्षित बनेको छ ।

    माओवादी जनयुद्धको बेला बाबुराम भट्टराईको निकट भएर काम गरेका रायमाझी भट्टराइले पार्टी छाडेपछि प्रचण्डसँगै रहे । तर पछिल्लो समय पार्टी एकताका लागि दोस्रो तहका नेताहरुबाट सक्रिय भएका रायमाझी अहिले नेकपा विभाजनपछि ओलीको विश्वासपात्र बनेका छन् ।

    पार्टी विवादपछि एकसाता जिल्लामा रहेका ६ वटा पालिकामा भेला गरेर काठमाण्डौं फर्किएका नेता रायमाझी आफ्नो समूहको जिल्लास्तरीय शक्ति प्रदर्शनमा पुनः अर्घाखाँची आए । उनी २०७० सालमा लुम्विनीबाट माओवादीको एकमात्र चुनाव जित्ने नेता बनेका थिए ।

    त्यसबेला प्रचण्ड-बाबुरामले मतगणना बहिस्कार गर्ने निर्णय गर्दा अर्घाखाँचीबाटै उनले नेतृत्वलाई त्यसो नगर्न सुझाव समेत दिएका थिए । जनमत स्वीकार गर्नुपर्ने भन्दै उनले आफ्नो क्षेत्रमा मतगणना जारी राख्न लगाएर प्रचण्डको विरोध गरेका थिए ।

    रायमाझीले व्यक्तिगत रुपमा मत दिनेहरु पनि अर्घाखाँचीमा धेरै छन् । अर्घाखाँचीमा सबैभन्दा पहिले सबै स्थानीय तहमा सडक पुर्याउने देन पनि रायमाझीलाई जान्छ ।

    जिल्लाको अवस्था
    नेकपा विभाजनसँगै अर्घाखाँचीको अवस्थालाई लिएर दुवै समूहले आ-आफ्नो बहुमत भएको दावी गरेपनि बाहिरबाट हेर्दा ओली समूहकै बहुमतजस्तो देखिने नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष बीरेन्द्र केसी बताउँछन् ।

    उनका अनुसार जिल्लामा साबिकको नेकपामा १३५ सदस्यीय जिल्ला कमिटीमा अध्यक्षसहित ८६ जना ओली समूहमा रहेकाले पनि बहुमत उतै देखिएको छ । यद्यपि समूह फेरिइरहने भएकाले केही सदस्यको दोहोरो भूमिका पनि देखिने गरेको छ ।

    तर प्रचण्ड माधव समूहका जिल्ला नेता प्रेम गैरेले आफ्नो भेलामा ६७ जना जिल्ला सदस्य आएको दावी गरेका छन् । उनको दावीलाई ओली समूहका नेता बालकृष्ण आचार्यले हावादारी भने ।

    रायमाझीका आलोचकहरु अर्घाखाँचीमा प्रचण्ड-माधव नेपाल समूह कमजोर रहेको ठानेर आफ्नो राजनीति सुरक्षित गर्न उनी ओली समूहमा लागेको टिप्पणी गर्छन् । प्रचण्ड पक्षधरहरुले मन्त्रीको लोभमा उनी ओली समूहमा लागेको भन्न पनि थालेका छन् ।

    प्रचण्ड माधव नेपाल समूहका जिल्ला नेता प्रेम गैरे भन्छन्, ‘उहाँको कुनै भर छैन मन्त्रीको लोभमा जानुभयो, उहाँको बारेमा जिल्लावासी प्रष्ट छन् । भोलिको चुनाव हेरेर पनि जानुभएको होला ।’

    तर, रायमाझी निकट जिल्ला नेताहरू भने टोपबहादुरलाई अर्घाखाँचीमा निर्वाचन जित्न बलियो समूहतर्फ लाग्न आवश्यक नपर्ने बताउँछन् । रायमाझी दूरदर्शी नेता भएकोले नेकपामा अहिले ओलीले लिएको नीति सही ठोर सो समूहका लागेको अर्घाखाँचीका जिल्ला कमिटी सदस्य नेता शोभाखर पन्थी बताउँछन् ।

    उनी भन्छन, ‘नेकपा विभाजन भएपछि ओली समूहले देशभर चुनाव हारे पनि अर्घाखाँचीमा टोपबहादुरले चुनाव जित्नुहुन्छ । उहाँले अर्घाखाँचीमा धेरै विकास गर्नुभएको छ । पूर्वमाओवादीका नेता रायमाझीसँगै ओली समूहमा नआउँदा पनि उहाँलाई केही फरक पर्दैन ।’

    प्रकाशित मिति :माघ ५ २०७७ सोमवार - १३:३६:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij