Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

संसद् विघटनविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै

संसद् विघटनविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै


  • 6.3K
    Shares

    संसद् विघटनविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै
    images

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा आज पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गराएपछि सर्वोच्च अदालतमा मुद्दा परेको थियो । त्यसको संवैधानिक इजलासमा सुनुवाइ जारी रहेको छ । यसमा आइतबार पनि सुनुवाइ भएको थियो। संवैधानिक इजलासले हेर्दाहेर्दैमा राखेर निरन्तर सुनुवाइ गरिरहेको छ ।

    संवैधानिक इजलासमा आज पनि फेरबदल गरिएको छैन। सर्वोच्चले प्रकाशित गरेको दैनिकी पेशी सूचिमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादर केसीको संवैधानिक इजलास तोकेको छ।

    आइतबारको सुनुवाइमा निवेदक पक्षका कानुन व्यवसायीले बहस गरेका थिए। उनीहरुले संसद् विघटन गर्ने निर्णय संविधान विपरीत भएको जिकिर गरेका थिए ।

     

    प्रकाशित मिति :माघ ५ २०७७ सोमवार - ११:०९:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij