Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

टाउको चिलाएको सुनाउदै प्रचण्डले भने गिरिजाबाबुको जस्तै आन्दोलनमा टाउको फुटाउन मन छ 

टाउको चिलाएको सुनाउदै प्रचण्डले भने गिरिजाबाबुको जस्तै आन्दोलनमा टाउको फुटाउन मन छ 


  • 6.5K
    Shares

    टाउको चिलाएको सुनाउदै प्रचण्डले भने गिरिजाबाबुको जस्तै आन्दोलनमा टाउको फुटाउन मन छ 
    images

    काठमाडौं । विभाजित नेकपाका अध्यक्ष प्रचण्डले यसपटक लाठी खाएर टाउको फुटाउन मन भएको बताएका छन् ।

    प्रचण्ड-माधव नेपाल निकट अनेरास्ववियूको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले युवा विद्यार्थीलाई आक्रामक बन्न निर्देशन दिँदै आफू अग्रभागमा उभिएर लाठी खान तयार रहेको बताएका हुन् ।

    प्रज्ञा भवनमा गर्जिदै उनले भने– मलाई यसपटक किन किन टाउको चिलाएको छ, उहिले गिरिजाबाबु जस्तै आन्दोलनको अगाडि जान्छु । यसपटक लाठी खान मन छ, आन्दोलन आक्रामक बनाउनुस्।

    विद्यार्थी भेलालाई सम्बोधन गर्दै प्रचण्डले आफू हिजो जनयुद्ध गर्दा पनि मर्न तयार भएर हिँडेको र फेरि पनि मर्न तयार रहेको बताए । उनले विद्यार्थीलाई आक्रामक र आवेगमा आउन निर्देशन दिँदै भेजिटेरियन ९शाकाहारी० खालको आन्दोलनले काम नहुने बताए ।

    विगतमा आफू भावुक बन्दा केपी ओलीले धुर्त्याइँ गरेको भन्दै मुर्मुरिएर भाषण गरेका प्रचण्डले सम्झिँदा आक्रोश उत्पन्न हुने गरेको सुनाए । उनले आफ्नो कुर्सी ओलीले भाँचेकै दिनदेखि पार्टी एकता टुटेको बताए ।

    प्रकाशित मिति :माघ ४ २०७७ आइतवार - १६:४९:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij