२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौं । बालुवाटारस्थित बहु चर्चित ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई मुद्दा नचलाएको विषयमा सर्वोच्च अदालतमा दायर रिटउपरको सुनुवाई आज पनि हेर्न नभ्याइनेमा परेको छ । यसको अर्थ आज पनि पेशी चढेर मुद्दा धकेलिएको हो।
न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरि फुयाँलको इजलासमा अग्राधिकार दिइएको सो रिटमाथिको सुनुवाइ हेर्न नभ्याइनेमा राखिएको हो ।
अधिवक्ता बालकृष्ण न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महान्यायाधिवक्ताको कार्यालयलाई विपक्षी बनाइ २०७६ माघ २२ गते रिट दायर गरेका थिए । सर्वोच्चले उक्त रिटलाई अग्राधिकार दिएको थियो ।
अख्तियारले पूर्वउपप्रधानमन्त्री विजय गच्छदारसहित तीन पूर्वमन्त्री र अख्तियारकै एक पूर्वप्रमुख आयुक्तसहित १ सय ७५ जनाविरुद्ध २०७६ माघ २२ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तत्कालिन भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिब दीप बस्नेत सोही मुद्दामा सदरखोर जेलमा कैदी जीवन बिताई रहेका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij