२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाले संविधानको धारा ७६ अनुसारको प्रक्रियामा गएर अर्को सरकार बन्न नसक्ने अवस्थामा विघटन गर्न सक्दैन र भन्ने प्रश्न गरेका छन् ।
आइतबार सर्वोच्च अदालतमा भएको संवैधानिक इजलासमा बहसका क्रममा प्रधानन्याधीश राणाले यस्तो प्रश्न गरेपछि संविधानविद् एवं अधिवक्ता भीमार्जुन आचार्यले यसलाई काल्पनिक कुरामात्र भएको प्रत्युत्तर दिएका छन् ।
अदालतले यस्तो विषयको कल्पनासम्म गर्न नसक्ने भन्दै अधिवक्ता आचार्यले भने‚ ‘यो काल्पनिक कुरा हो। अदालतले यो कल्पना गर्न मिल्दैन। संविधानमा लेखेका प्रक्रिया पूरा गरेर मात्र विघटनमा जाने हो । १ देखि सातसम्मका प्रक्रिया पुरा हुनु त पर्यो नि ।’
संसदले अन्तिम अवसरसम्म आफ्नो काम गर्नुपर्ने भन्दै आचार्यले भने‚ ‘अन्तिम अवसरसम्म संसदले आफ्नो काम गर्नुपर्यो । संविधानको धारा ७६ ले सिधै विघटन गर्न दिँदैन। यो धाराको सबै प्रक्रिया पुरा गरेर संसदमा गएपछि मात्र हुने कुरा हो ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij