Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

आग्राको कुरा गर्दा ओलीले गाग्राको कुरा गरे भन्दै प्रचण्ड ओली बिरुद्द यसरी खनिए

आग्राको कुरा गर्दा ओलीले गाग्राको कुरा गरे भन्दै प्रचण्ड ओली बिरुद्द यसरी खनिए


  • 8.1K
    Shares

    आग्राको कुरा गर्दा ओलीले गाग्राको कुरा गरे भन्दै प्रचण्ड ओली बिरुद्द यसरी खनिए

    काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीको भनाइ र गराइमा फरक रहेको बताएका छन् ।

    आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीले एकथरी भन्ने र अर्कोथरी गर्दै आएको बताए ।

    ‘ओलीले जे भन्नुहुन्छ त्यो गर्नुहुन्न, जे गर्नुहुन्छ त्यो बोल्नुहुन्न’, प्रचण्डले भने । आग्राको कुरा गर्दा गाग्रो भन्ने ओलीको बानीले समस्या परेको उनको तर्क थियो । 

    उनले भ्रष्टाचारका सम्बन्धमा प्रधानमन्त्रीले ‘आफूले पनि नगर्ने र गर्न पनि नदिने’ भनेर सुन्दर नारा बनाएर भ्रष्टाचारीलाई सफाइ दिँदै हिडेको आरोप लगाए । पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटातर्फ संकेत गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

    ‘भन्नेबेला भ्रष्टाचारमा शून्य सहनशीलता भन्नुहुन्छ तर आदलतामा मुद्दा रहेका भ्रष्टचारीलाई सफाई दिँदै हिँड्नुहुन्छ’, उनले भने ।

    प्रकाशित मिति :माघ ४ २०७७ आइतवार - १३:५५:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij