Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

वैदेशिक रोजगारीको नाममा शैक्षिक कन्सल्ट्यान्सीबाट बढ्यो ठगी धन्धा

वैदेशिक रोजगारीको नाममा शैक्षिक कन्सल्ट्यान्सीबाट बढ्यो ठगी धन्धा


  • 4.3K
    Shares

    वैदेशिक रोजगारीको नाममा शैक्षिक कन्सल्ट्यान्सीबाट बढ्यो ठगी धन्धा

    वैदेशिक रोजगार विभागले आकर्षक वैदेशिक रोजगारीको नाममा शैक्षिक कन्सल्ट्यान्सीबाट ठगीको धन्धा व्यापकरूपमा बढेको बताएको छ । 

    राजधानीमा सञ्चालित दर्जनौं शैक्षिक कन्सल्ट्यान्सीलाई प्रहरीले पटकपटक कारबाही चलाउँदै आएको भएपनि कन्सल्ट्यान्सीबाट वैदेशिक रोजगारको नाममा ठग्ने धन्धा नरोकिएपछि विभागले शैक्षिक कन्सल्ट्यान्सीहरू माथि अनुगमनको माग गरेकोे हो ।

    वैदेशिक रोजगारीका लागि जापान, युरोपेली मुलुक, अमेरिका र क्यानडा पठाइदिने भन्दै तेस्रो व्यक्ति खडा गरेर लाखौं रुपैयाँ ठगी गरिएको उजुरी आएकोे विभागले बताएको छ । ठगीको उजुरी आउने तर शैक्षिक कन्सल्ट्यान्सीका मुख्य व्यक्ति फरार भई उनीहरूका कर्मचारी मात्र पक्राउ पर्ने गरेको विभागले बताएको छ ।

    वैदेशिक रोजगारीको आकर्षक सपना देखाएर रकम उठाउने र त्यसपछि सम्पर्कविहीन भई ठग्ने गरिएको भन्दै विभागले शैक्षिक कन्सल्ट्यान्सीहरूको अनुगमनको जिम्मेवारी पाएका सरकारी निकायहरूबाट अनुगमन र कारबाही नहुँदा ठगी संस्थागत भएकोले तिव्रतासाथ अनुगमन र कारबाही गर्न पनि आग्रह गरेकोे छ । 

    शैक्षिक कन्सल्ट्यान्सीहरू शिक्षा मन्त्रालय अन्तर्गत दर्ता हुने गरेका छन् । जनशक्तिको अभाव देखाउँदै अनुगमन नहुँदा उनीहरूले वैदेशिक रोजगारमा कामदार पठाएर अलपत्र पार्ने गरेको गुनासो व्यापकरूपमा बढेको छ ।

    प्रकाशित मिति :बैशाख १५ २०७९ बिहिवार - १३:१४:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij