काठमाडौं । अभिनेत्री वर्षा शिवाकोटी अहिले पोखरामा छिन् । गत बिहिबारको मेहन्दी समारोहपछि शुक्रवार आशिष गेलालसंग विवाह बन्धनमा बाँधिएकी अभिनेत्री शिवाकोटी श्रीमानसंगै हनिमून मनाउनका लागि पोखरा पुगेकी हुन् ।
उनले सामाजिक सञ्जालको स्टोरीमार्फत पोखराको कुनै होटलमा हनिमून मनाउने तयारी गरेको जनाएकी छिन् । तस्बिरमा आकर्षश शैलीमा सजाइएको ओछ्यानमा उनले पोखराको लोकेशन ‘चेकइन’ तोकेकी छिन् ।
अभिनेत्री शिवाकोटीले अमेरिकामा बसोबास गर्ने आशिष गेलालसंग पारिवारिक सदस्यहरुमाझ विवाह गरेकी हुन् ।