Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

३० बर्ष कान्छी तरुनी तिर मन लगाएका मुख्यमन्त्री राईको प्रदेशले आधा वर्षमा आम्दानी भन्दा ५ अर्ब बढी खर्च गर्यो 

३० बर्ष कान्छी तरुनी तिर मन लगाएका मुख्यमन्त्री राईको प्रदेशले आधा वर्षमा आम्दानी भन्दा ५ अर्ब बढी खर्च गर्यो 


  • 12.6K
    Shares

    ३० बर्ष कान्छी तरुनी तिर मन लगाएका मुख्यमन्त्री राईको प्रदेशले आधा वर्षमा आम्दानी भन्दा ५ अर्ब बढी खर्च गर्यो 

    काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक सम्बन्धमा बाँधिने भएका छन् । मुख्यमन्त्री राई र मिस मंगोल २०१८ की विजेता जाङमु शेर्पाबीच यही माघ ११ गते विवाह हुने भएको हो।

    मुख्यमन्त्री राईका स्वकीय सचिव नवराज राईले माघ ११ गते विवाह हुने पक्का भएको बताए। स्रोतका अनुसार विवाह काठमाडौँमा हुनेछ।

    काठमाडौँमा विवाह लगत्तै प्रदेश राजधानी विराटनगरमा विवाहको शुभकामना तथा प्रितीभोज कार्यक्रम हुने बताइएको छ।
    मुख्यमन्त्री राई ४९ वर्षका हुन् भने मिस मंगोल २०१८ की विजेता शेर्पाको उमेर २० वर्ष पुगेको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

    उता राई मुख्यमन्त्री रहेको प्रदेश १ को आर्थिक अबस्था भने बिजोक छ। चालू आर्थिक वर्षको ६ महिनामा प्रदेश १ सरकारले आम्दानीभन्दा साढे ५ अर्ब रुपैयाँ बढी खर्च गरेको छ र, न लक्ष्यअनुरुप राजश्व संकलन गरेको छ, न त अनुदान रकम नै पाएको छ । जसकारण प्रदेश सरकारको आर्थिक स्थिति निराशाजनक छ ।

    यो वर्षका लागि ४२ अर्ब २० करोड ४ लाख १२ हजार रुपैयाँ बजेट ल्याएको प्रदेश सरकारले १० अर्ब ५२ करोड रुपैयाँ राजश्व उठाउने लक्ष्य राखेको छ । तर आर्थिक वर्षको आधा अवधि सकिँदा २१ दशमलव ४५ प्रतिशत मात्र राजश्व संकलन भएको छ ।केन्द्रीय राजस्व संकलनमा प्रदेश १ को ८ दशमलव २ प्रतिशत योगदान छ ।

    प्रदेश सरकारले ल्याएको कुल बजेट ४२ अर्ब २० करोड ४ लाख १२ हजारमा आन्तरिक स्रोततर्फ ३ अर्ब ८६ करोड, राजश्व संकलनबाट १० अर्ब ५२ करोड र संघीय सरकारबाट २१ अर्ब २१ करोड अनुदान आउने अनुमान गरेको थियो ।

    सरकारले आन्तरिक स्रोततर्फ अनुमान गरेकोमध्ये ३८ प्रतिशत कम अर्थात् २ अर्ब २७ करोड १९ लाख ६५ हजार ३ सय १९ रुपैयाँ मात्रै असुली भएको छ ।

    प्रदेश सरकारले ल्याएको कुल बजेट ४२ अर्ब २० करोड ४ लाख १२ हजारमा आन्तरिक स्रोततर्फ ३ अर्ब ८६ करोड, राजश्व संकलनबाट १० अर्ब ५२ करोड र संघीय सरकारबाट २१ अर्ब २१ करोड अनुदान आउने अनुमान गरेको थियो ।

    आन्तरिक आयतर्फ वन पैदावार, पर्यटन शुल्क र सवारी कर जरिवाना असुली गर्न नसकेको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

    प्रदेश सरकारले वन पैदावारबाट १० करोड रुपैयाँ हासिल हुने लक्ष्य राखेको थियो । त्यसैगरी, दण्ड जरिवनाबापत ३० करोड रुपैयाँ राजश्व उठ्ने लक्ष्य लिइएको थियो । जसबाट ६ करोड ७७ लाख रुपैयाँ हात पारेको तथ्यांक छ ।

    आन्तरिक आयमा करतर्फ घरजग्गा रजिष्ट्रेशनबाट ९० करोड ३ लाख ९१ हजार ३० मध्ये १० करोड २८लाख ६५ हजार ९ सय २१ रुपैयाँ संकलन भएको छ ।

    सवारी साधन करबाट १ अर्ब ५४ करोड ४ लाख २५ हजार मध्ये ४९ करोड १५ लाख १२ हजार, मनोरञ्जन तथा विज्ञापनबाट ५ अर्ब ३५ करोड मध्ये २ अर्ब २८ करोड ६ हजार रुपैयाँ असुली भएको प्रदेश लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी ऋषिकुमार खनाल बताए ।

    यस्तै, गैह्र करतर्फ जिल्ला निकासी शुल्क २५ करोड उठाउने लक्ष्य राखिएकोमा ९ करोड ३२ लाख ८५ हजार ५ सय ७५ मात्र उठेको छ ।

    त्यसैगरी, भ्याट र अन्तशुल्कतर्फ बिक्रीमा लाग्ने कर २ अर्ब ८६ करोड ७६ लाख ८२ हजार ४ सय ७९ रुपैयाँ प्राप्त भएको छ । जसबाट ८ अर्ब ५३ करोड ११ लाख ८१ हजार रुपैयाँ संकलन हुने लक्ष्य राखिएको थियो ।

    सरकारले कुल आय ३५ अर्ब ९३ करोड ६० लाख १४ अनुमान गरिएकोमा २७ अर्ब ९९ करोड ५३ लाख ८३ हजार ५ सय ५१ आम्दानी गरेको हो ।

    प्रदेश १ सरकारले संघीय सरकारबाट २२ अर्ब ८८ करोड ७० लाख अनुदान पाउने अपेक्षा गरेको थियो । तर, केन्द्रबाट १८ अर्ब ४७ करोड ८७ लाख ८८ हजार ५ सय मात्रै प्राप्त भयो ।

    प्रकाशित मिति :माघ ४ २०७७ आइतवार - १२:१८:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij