Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

निर्वाचनबारे छलफल गर्न आयोगले बोलायो सर्वदलीय बैठक

निर्वाचनबारे छलफल गर्न आयोगले बोलायो सर्वदलीय बैठक


  • 5.9K
    Shares

    निर्वाचनबारे छलफल गर्न आयोगले बोलायो सर्वदलीय बैठक

    काठमाडौं । निर्वाचन आयोगले निर्वाचनबारे छलफल गर्नका लागि आइतबार सर्वदलीय बैठक बोलाएको छ। आगामी निर्वाचनका विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। 

    प्रतिनिधिसभा र प्रदेशसभामा सहभागी रहेका सबै दललाई बैठकमा बोलाइएको उनले बताए। बैठक साढे ११ बजेका लागि बोलाइएको उनले बताए। 

    प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर निवार्चनको मिति तोकेका छन् । प्रधानमन्त्री ओलीले आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेका छन् ।

    संविधानले परिकल्पना नै नगरेको अवस्थामा संसद विघटन गरेको भन्दै विघटनको घोषणा खारेजीको मागसहित सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका १३ वटा रिटको सुनुवाई जारी छ ।

    प्रकाशित मिति :माघ ४ २०७७ आइतवार - १२:०८:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij