Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

संसद् विघटनविरुद्धको मुद्दा हेर्ने संवैधानिक इजलासमा पूरानै न्यायाधीश

संसद् विघटनविरुद्धको मुद्दा हेर्ने संवैधानिक इजलासमा पूरानै न्यायाधीश


  • 7.6K
    Shares

    संसद् विघटनविरुद्धको मुद्दा हेर्ने संवैधानिक इजलासमा पूरानै न्यायाधीश

    काठमाडौं । संसद् विघटनविरुद्धको मुद्दाको आज संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको छ । यसका लागि आज गठन गरिएको संवैधानिक इजलासमा यसअघिकै न्यायाधीश परेका छन् ।

    सर्वोच्च अदालतको दैनिक पेशी सूचिमा आज संसद् विघटनविरद्धको मुद्दाको सुनुवाइ १ नं. इजलासमा तोकिएको छ । आजको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेका छन् ।

    यसअघि शुक्रबारको इजलासमा पनि उनीहरु नै थिए। शुक्रबारको इजलासले निरन्तर सुनुवाइको निर्णय गरेको थियो ।
    प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गराएपछि यसका विरुद्ध सर्वच्चो अदालतमा मुद्दा परेको हो । यसमा सुनुवाइ हुँदै आएको छ ।

    शुक्रबारसम्म यसलाई बृहत पूर्ण इजलासमा पठाउने कि संवैधानिक इजलासमै सुनुवाइ गर्ने भन्नेमा बहस चल्दै आएको थियो । 

    प्रकाशित मिति :माघ ४ २०७७ आइतवार - ११:३१:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij