Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

वैशाखको चुनाबका लागी ११ अर्ब चाहिने निस्कियो हिसाब, सरकारको खातामा कति भेटियो पैसा ?

वैशाखको चुनाबका लागी ११ अर्ब चाहिने निस्कियो हिसाब, सरकारको खातामा कति भेटियो पैसा ?


  • 11.3K
    Shares

    वैशाखको चुनाबका लागी ११ अर्ब चाहिने निस्कियो हिसाब, सरकारको खातामा कति भेटियो पैसा ?

    काठमाडौं । प्रतिनिधिसभा बिघटन गरेकै दिन पुस ५ गते तोलिएको  वैशाख १७ र २७ गतेका लागि घोषित प्रतिनिधि सभा निर्वाचनको तयारीमा निर्वाचन आयोग भए भरको बल लगाएर जुटिसकेको छ ।

    आयोगले आगामी निर्वाचनका लागि आवश्यक कामकारवाही गर्न आर्थिक कार्यविधि बनाएर सक्नै लागेको बताएको छ । 
    आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार अबको करीब एक हप्ता भित्रमा कार्यविधि बनिसक्ने छ । 
    उनले भने, ‘अबको हप्तादिन भित्रमा निर्वाचन कार्यविधि बनिसक्ने अनुमान छ, त्यसपछि बाँकी कुरा आउँछ ।’

    मतदाता नामावली संकलन, अद्यावधिक तथा छपाइदेखिका निर्वाचनसँग सम्बन्धित सबै काम गर्नुपर्ने भन्दै आयोगले कार्यविधि बनाउँदै गरेको प्रवक्ता श्रेष्ठको भनाइ छ । कार्यविधि बनिसकेपछि भने निर्वाचनमा केकस्तो खर्च हुने भन्नेबारे आँकलन गरिने उनले बताए । 

    उनले भने, ‘मतदाता नामावली संकलन, अद्यावधिक तथा छपाइ गर्ने र मतदान केन्द्रसम्म ढुवानी गर्ने जस्ता काममा खर्च हुन्छ, कार्यविधि आएपछि मात्रै त्यसबारे भन्न सकिन्छ ।’ निर्वाचन आयोगले गत निर्वाचनमा करीब ७ अर्ब २० करोड रकम खर्च गरेको थियो । 

    ‘नयाँ मतपत्र छपाइ गर्ने र ढुवानी गर्ने लगायतका कार्यका लागि केही महंगो पर्न जाने देखिन्छ,’ प्रवक्ता श्रेष्ठ बताउँछन्  । यो पटक निर्वाचनमा कति मानिस खटिन्छन्, कति दिनका लागि खटिन्छन्, खर्च त्यसमा निर्भर हुने आयोग बताउँछ । 

    स्वाभाविक रूपले बजार मूल्य बढेका कारण सामग्रीमा केही बढ्न सक्ने देखिन्छ ।  जनशक्ति परिचालन कति दिन र कति गर्ने भन्ने कुराले खर्च निर्धारण हुने उनले बताए । कार्यविधि आएपछि अर्थमन्त्रालयसँग बजेट माग गरिने उनले बताए । 

    आयोगलाई पर्खँँदै अर्थ मन्त्रालय 

    अहिले निर्वाचन आयोग आर्थिक कार्यविधि बनाउनमा व्यस्त छ । केही दिनमा नै  बजेट माग गर्ने तयारीका साथ आयोगले कार्यविधि बनाउन थालेको हो । 

    यता अर्थमन्त्रालय पनि बजेट कसरी व्यवस्थापन गर्ने भन्नेबारे आवश्यक छलफलमा व्यस्त छ । अर्थमन्त्रालय आयोगले कति बजेट माग गर्छ, त्यसअनुसार अगाडि बढ्ने रणनीतिमा छ । 

    अर्थमन्त्रालय स्रोत भन्छ, ‘सचिवज्यूहरूको नेतृत्वमा छलफलहरू त भइरहेको छ, तर निर्वाचन आयोगले के कति बजेट माग्छ, त्यसैअनुसार हामी अगाडि बढ्नुपर्ने हुन्छ ।’

    अर्थ मन्त्रालयमाथि अहिले दबाब नै दबाब छ । कोरोना महामारीको बीचमा अकस्मात निर्वाचन घोषणा हुँदा कसरी अगाडि बढ्ने भन्नेतर्फ मन्त्रालयको ध्यान छ । 

    कोरोना खोपका लागि पनि ठूलो मात्रामा बजेट विनियोजन गर्नुपर्ने अवस्थामा फेरि निर्वाचनका लागि पनि बजेट छुट्याउन मन्त्रालयलाई हम्मेहम्मे नै छ । 

    ‘तैपनि निर्वाचनको मिति घोषणा भएपछि हामी पन्छिन मिल्दैन, बजेट छैन भन्न मिल्दैन, त्यसैले हामी बजेट व्यवस्थापनतर्फ सोचिरहेका छौं,’ मन्त्रालय स्रोतले भन्यो । 

    कति चाहिन्छ निर्वाचनमा खर्च ?

    अघिल्ला निर्वाचनहरूभन्दा अहिलेको निर्वाचनमा खर्च बढी हुने देखिन्छ ।निर्वाचन आयोगका अनुसार सामग्रीहरूको मूल्य बढेकाले मतपत्र छपाई लगायतका काममा नै बढी रकम लाग्छ । यसका अलावा निर्वाचन अवधिभरको खर्च पनि धेरै नै हुने देखिन्छ ।

    अर्थ मन्त्रालयले आगामी प्रतिनिधि सभा निर्वाचनमा करीब १० देखि ११ अर्ब लाग्ने प्रारम्भिक अनुमान गरेको छ । अघिल्लो पटक तीनै तहको निर्वाचनमा करीब १८ अर्ब ३१ करोड रकम खर्च मन्त्रालयका अधिकारीहरू बताउँछन् ।


    कति छ सरकारसँग पैसा ?

    महालेखा नियन्त्रकको कार्यालयका अनुसार बुधवारसम्ममा ४ खर्ब ५५ अर्ब ३७ करोड रुपैयाँ आम्दानी छ । यसमा राजश्व, दाता लगायतबाट प्राप्त भएको रकम समावेश छ । 

    यस्तै बुधवारम्ममा सरकारी ढुकुटीबाट ४ खर्ब १५ अर्ब ७४ करोड रुपैयाँ बजेट खर्च भइसकेको छ, जसमध्ये पुँजीगत खर्च जम्मा १४।४० प्रतिशत मात्र भएको महालेखाले जनाएको छ ।

    प्रकाशित मिति :माघ २ २०७७ शुक्रवार - १६:५१:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij