२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौं । बालुवाटारस्थित ललितानिवासको ११३ रोपनी सरकारी जग्गा कीर्ते गरेको आरोपमा थुनामा रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात सर्वोच्च पुगेका छन् ।
बस्नेत पुनरावेदन रिट निवेदन लिएर शुक्रबार सर्वोच्च पुगेका हुन्। उनले कुर्सीमा सुनको जलप लगाउन पुग्ने गरि सरकारी सम्पति आफ्नो नाममा हत्याएका थिए । पुर्पक्षका लागि थुनामा रहेका बस्न्यात आफूलाई थुनामा पठाउने विशेष अदालतको निर्णयविरुद्व सर्वोच्च पुगेका हुन् ।
विशेष अदालतले उनलाई धरौटीमा नछोडी थुनामा पठाउने आदेश थियो। मंसिर १८ गते विशेष अदालत उपस्थित भएका बस्न्यातसँग ४ घन्टा बयान लिएपछि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । बस्न्यात अहिले डिल्लीबजार स्थित चारखाल जेलमा कैदी जीवन बीताइरहेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij