Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

चोर बिरालोले दुध चोरे स्टायलले प्रधानमन्त्रीलाई भेटेका न्यायाधिशलाई सनासो लगाउन वकिलले गरे माग 

चोर बिरालोले दुध चोरे स्टायलले प्रधानमन्त्रीलाई भेटेका न्यायाधिशलाई सनासो लगाउन वकिलले गरे माग 


  • 7.8K
    Shares

    चोर बिरालोले दुध चोरे स्टायलले प्रधानमन्त्रीलाई भेटेका न्यायाधिशलाई सनासो लगाउन वकिलले गरे माग 

    काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशद्वय दीपककुमार कार्की र मीरा खड्काले २६ पुसको राति २०:०० बजेबाट २१:१० बजेसम्म (राति ८ देखि ९ बजेर १० मिनेट सम्म) प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको उच्च स्रोतले बताएको छ। उनीहरुलाई ओलीले आफ्नो सरकारी निवास बालुवाटारमै बोलाएर भेट गरेका उच्च स्रोतको भनाई छ ।

    त्यसको अघिल्लो दिन दिउँसो १३:२० बजेबाट १४:५५ बजेसम्म अर्थात दिउँसो १:२० बाट २:४५ सम्म प्रधानमन्त्री ओलीले न्यायाधीश हरिकृष्ण कार्की र सपना प्रधान मल्ललाई भेट गरेको राष्ट्रिय अनुसन्धान विभाग स्रोत बताउँछ । त्यस दिन सर्वोच्च अदालतमा कार्कीको कुनै पनि इजलास थिएन । तर, मल्ल र मनोजकुमार शर्माको इजलास नं. ९ मा संयुक्त इजलास थियो । मल्ल र शर्माले मुद्दाको फाँट नं. १३ र १८ बाट दुई–दुई वटा मुद्दा फैसला गरेका थिए भने रिट नं. ५ का ७ वटा मुद्दा पनि हेरेका थिए ।

    न्यायाधीश हरीकृष्ण कार्कीलाई  प्रधानमन्त्रीसँग भेट गर्नु भएको हो रु भनेर सोध्दा  न्यायाधीश कार्कीले ‘खै मलाई त थाहा छैन त्यस्तो कुरा’ भने । ‘संवैधानिक इजलासमा मेरो सहभागिताबारे प्रश्न उठेपछि मैले त्यहाँ बस्दिना भने । म आफ्नो सीमामा बसेको छु,’ कार्कीले बिहान साढे नौ बजे नै भनेका छन् ‘म गएको छैन । कसैलाई त्यसरी भेट्दा पनि भेट्दिन ।’

    सर्वोच्च अदालत बार एसोसिएसनका कोषाध्यक्ष अधिवक्ता विनोद कार्कीका अनुसार जाडो महिनामा दिउँसो १ देखि २ बजेसम्म अदालतको ‘टी ब्रेक’ को समय हो । अहिले जाँडो महिना हो । ‘त्यो दिन दिउँसो सपना प्रधान मल्ल श्रीमान्ले प्रधानमन्त्रीलाई भेट्दै भेट्नु भएन होला भनेर त कसरी दावी गरुँ र ?’, न्यायाधीशहरुको आचरण, मर्यादाभित्र बस्नुपर्छ भन्दै आएका अधिवक्ता कार्की भन्छन्, ‘त्यो दिन सपना प्रधान मल्ल श्रीमान्ले जुन मुद्दा हेरेको सूची तपाईले बताउनु भयो, त्यस अनुसार भेटको संभावना ७०र८० प्रतिशत देखिदैन ।’

    स्रोतको दावी के छ भने न्यायाधीश हरिकृष्ण कार्की बालुवाटार गएकै हुन् । उनको गाडीमा एक जना महिला पनि थिइन् । ती को हुन् भनेर यकिन भएन । न्यायाधीश कार्की तेहर्‍यार भन्छन्, ‘म गएको छैन ।’

    न्यायाधीश हरिकृष्ण कार्की र सपना प्रधान मल्ल दुवै भावी प्रधान न्यायाधीशको रोलक्रममा छन् । संयोग के भने उनीहरुलाई दुवैलाई पूर्व नेकपा एमालेको कोटाबाट प्रधान न्यायाधीशको रोलक्रममा राखेर न्यायाधीश बनाइएको थियो । कार्की र मल्ल दुवै प्रधानमन्त्री ओली निकट पनि मानिन्छन् । ०६४ को संविधानसभा निर्वाचनबाट मल्ललाई नेकपा एमालेले समानुपातिक सभासद् बनाएको थियो । उनै मल्ललाई पछि न्यायाधीश बनाएपछि त्यसबेला ठूलै बिरोध पनि भएको थियो ।

    वरिष्ठता नं. २ र ३ मा रहेका न्यायाधीश कार्की र खड्कासँग भने  कुराकानी हुन सकेन । राष्ट्रिय अनुसन्धान विभाग स्रोतले कार्की, खड्का र प्रधानमन्त्रीबीच राति भेट भएको बताएको छ । बृहत् पूर्ण इजलासमा मुद्दा गएमा वरिष्ठताका आधारमा उनीहरु अवश्य नै त्यसमा रहन्छन् । त्यसैका लागि ‘फकाउन’ ओलीले उनीहरु बालुवाटार निम्त्याएका स्रोतको भनाइ छ । कार्की र खड्का नेपाली काँग्रेस निकट मानिन्छन् ।

    एक जना वरिष्ठ अधिवक्ताका अनुसार अदालतमा मुद्दा विचाराधीन रहेको बेला उनीहरुले प्रधानमन्त्रीलाई भेटेको हुन् भने त्यो सामान्य विषय होइन । उनीहरुले न्यायालयबाट बिदा लिनु पर्छ । ‘निष्पक्ष न्याय दिन पर्ने श्रीमानहरुले प्रधानमन्त्रीसँग भेट गरेका हुन् भन्ने त्यो क्षम्य विषय हुनै सक्तैन,’ ती वरिष्ठ अधिवक्ता भन्छन्, ‘त्यस्ता न्यायाधीशहरुबाट जनताले न्यायपालिका स्वतन्त्र छ भनेर विश्वास गर्न सक्तैनन् । ति न्यायमूर्तिहरुलाई न्यायालयबाट बिदा गर्नै पर्छ ।’

    प्रकाशित मिति :माघ २ २०७७ शुक्रवार - १५:५१:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij