Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

निर्वाचन नजिकिएसँगै जिल्लामा रगतको अभाव

निर्वाचन नजिकिएसँगै जिल्लामा रगतको अभाव


  • 3.0K
    Shares

    • images
    निर्वाचन नजिकिएसँगै जिल्लामा रगतको अभाव
    images

    स्थानीय तहको निर्वाचन नजिकिँदै गएपछि जिल्लामा रगतको अभाव देखिन थालेको छ । भरतपुरस्थित क्षेत्रीय रक्तसञ्चार केन्द्रमा आवश्यकताअनुसार रगत उपलब्ध हुन छाडेको छ ।

    राजनीतिक दल निर्वाचन केन्द्रित गतिविधिमा लागेकाले रक्तदान कार्यक्रम हुन नसक्दा रगतको अभाव भएको हो । अहिले मागको ५० प्रतिशत मात्रै रगत उपलब्ध हुने गरेको केन्द्रका प्रमुख रमेशकान्त पौडेलले जानकारी दिनुभयो ।

    अहिले केन्द्रमा दैनिक १५० युनिट रगत माग भएकामा ७० देखि ७५ युनिट मात्रै उपलब्ध गराउन सकिएको उहाँले बताउनुभयो । निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दल र तीनका भ्रातृ संस्था निर्वाचन केन्द्रित कार्यक्रममा लागेपछि रगतको अभाव भएको उहाँले बताउनुभयो ।

    प्रमुख पौडेलले भन्नुभयो, “सबैको ध्यान निर्वाचनमा केन्द्रित हुँदा रक्तदानमा ध्यान पुग्न सकेको छैन।” टोलटोलमा राजनीतिक कार्यक्रम भइरहेका छन् तर रक्तदान कार्यक्रम हुन नसकेको उहाँको भनाइ थियो । अत्यधिक गर्मी, रक्तदाता बिरामी हुनु, क्याम्पसमा परीक्षाको समय हुनुलगायत कारणले पनि रक्तदान कार्यक्रम हुन नसकेको प्रमुख पौडेलले बताउनुभयो ।

    नेपालको मध्यभागमा रहेको यस केन्द्रले चितवनसहित, नवलपरासी, परासी, धादिङ, गोरखा, मकवानपुर, बारा, पर्सा रौतहट, सर्लाही, लमजुङलगायत जिल्लाबाट रगत सङ्कलन गर्दै आएकोे छ । जिल्लामा एक सङ्घीय अस्पताल, दुई ठूला मेडिकल कलेज, क्यान्सर अस्पताल र दुई दर्जनभन्दा बढी साना अस्पतालमा दैनिक हुने शल्यक्रियाका लागि रगत सङ्कलन पर्याप्त हुन नसक्दा माग बढ्दै गएको छ ।

    प्रकाशित मिति :बैशाख ४ २०७९ आइतवार - १५:३३:२५ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij