२०८२ मंसिर ६ गते शनिवार
सशस्त्र प्रहरीको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) विदुर खड्कालाई दिइएको छ ।
सशस्त्र प्रहरी नायव महानिरीक्षक खड्कालाई शुक्रबार सो जिम्मेवारी प्रदान गरिएको हो ।
संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगायतका विभिन्न सूचनाहरु प्रवाह गर्ने जिम्मेवारी दिइएको सशस्त्र प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij