२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौं । प्रतिनिधि सभा विघटनको मुद्दा संवैधानिक इजलासले हेर्ने प्रधानन्यायाधीशले निर्णय गरेपछि फेरि बृहत् इजलास गठनको आवश्यकता नभएको वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले बताएका छन् ।
प्रधानमन्त्री ओलीका पक्ष बाट बहस गरेका सरकारपक्षीय अर्का वकिल विजय मिश्रले वृहत् पूर्ण इजलासको माग गैरसंवैधानिक भन्दै संवैधानिक इजलास नै उत्तम भएको जिकिर गरेका छन ।
उनले भने‚ ‘बृहत् पूर्ण इजलासको माग नै गैरसंवैधानिक छ । त्यसैले बृहत् इजलासभन्दा संवैधानिक इजलासमा जानु नै उचित हुन्छ ।’
त्यस्तै अर्का सरकारपक्षीय वकिल पद्म पाण्डेयले संवैधानिक इजलास नै महत्वपूर्ण भएकाले यस्ता मुद्दालाई बृहत् इजलासमा लैजाने व्यवस्था नभएको बताएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij