Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

संसद विघटनविरुद्ध माघ ३ को प्रदर्शनमा सहभागी बन्न कांग्रेस सभापति देउवाको अपिल

संसद विघटनविरुद्ध माघ ३ को प्रदर्शनमा सहभागी बन्न कांग्रेस सभापति देउवाको अपिल


  • 6.4K
    Shares

    संसद विघटनविरुद्ध माघ ३ को प्रदर्शनमा सहभागी बन्न कांग्रेस सभापति देउवाको अपिल

    काठमाडौँ । प्रधानमन्त्री केपी ओलीविरुद्ध गाउँ गाउँमा नेपाली कांग्रेसको विरुद्ध प्रर्दशन गर्ने भएको छ । संसद विघटनको सरकारी कदमविरुद्ध आन्दोलनमा उत्रिएको कांग्रेसले विरोध प्रदर्शनमा सहभागी हुन अपिल गरेको हो ।

    कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसले माघ ३ गते (भोलि) देशभर गर्ने विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन पार्टीका कार्यकर्तालाई अपिल गरेका हुन् ।

    कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो । भोलि भने ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरेको छ ।

    शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै पार्टीको सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न आग्रह गरेका छन् ।

     

    प्रकाशित मिति :माघ २ २०७७ शुक्रवार - १४:१५:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij