Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

भन्सार छलेर ल्याएको २० लाख मूल्यको बिस्कुट बरामद

भन्सार छलेर ल्याएको २० लाख मूल्यको बिस्कुट बरामद


  • 4.5K
    Shares

    भन्सार छलेर ल्याएको २० लाख मूल्यको बिस्कुट बरामद

    झापामा भन्सार छलेर अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको रु २० लाखको बिस्कुट प्रहरीले बरामद गरेको छ ।

    प्रहरीले बिस्कुटसहित भारतीय नम्बर प्लेटको कन्टेनर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वसन्त पाठकका अनुसार गए राति भारतबाट नेपाल भित्रिदै गरेको आर जे १८ जी वी ३७२१ नंको भारतीय कन्टेनर जाँचका क्रममा कागजात नभेटिएपछि चालक शिशराम गोर्सीलाई नियन्त्रणमा लिइएको हो ।

    आवश्यक कारबाहीका लागि कन्टेरनसहित चालक गोर्सीलाई प्रहरीले मेची भन्सार कार्यालय काँकरभिट्टाको जिम्मा लगाएको छ ।

    प्रकाशित मिति :चैत्र ३० २०७८ बुधवार - १४:०९:०४ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij