Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

विप्लब समात्न प्रधानमन्त्री ओलीले पुलिसलाई दिए उर्दी, यस्तो छ विप्लब समात्ने प्लान 

विप्लब समात्न प्रधानमन्त्री ओलीले पुलिसलाई दिए उर्दी, यस्तो छ विप्लब समात्ने प्लान 


  • 8.1K
    Shares

    विप्लब समात्न प्रधानमन्त्री ओलीले पुलिसलाई दिए उर्दी, यस्तो छ विप्लब समात्ने प्लान 

    काठमाडौं । ओली सरकारले एक वर्ष अगाडी प्रतिबन्धित गरेको नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका केन्द्रीय सचिवालय सदस्य तेस्रो बरियताका नेता तथा अन्तर्राष्ट्रिय विभाग प्रमुख धर्मेन्द्र बास्तोला बुधबार ललितपुरबाट पक्राउ परे । उनीसँगै रहेका भनिएका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ उम्कन सफल भए ।

    बास्तोला प्रकाण्डपछि अर्थात् विप्लव समूहका तेस्रो तहका नेता हुन् । पार्टीभित्र बौद्धिक नेताको छवि बनाएका बास्तोला युद्धकालीन चर्चित र प्रभावशाली माओवादी नेता हुन् ।

    तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादीका पोलिटब्युरो सदस्य रहेका बास्तोला विप्लवसँगै प्रचण्डबाट छुट्टिएका थिए । प्रायस् कम बोल्ने नेतामा बास्तोला पर्छन् । विप्लवका विश्वासपात्रसमेत रहेका बास्तोला पक्राउ परेपछि प्रहरी भने उत्साहित देखिएको छ । बास्तोलामाथि प्रहरीको विशेष टोलीले अनुसन्धान गरिरहेको छ ।

    पक्राउ पर्दा बरामद भएका सामग्रीको अध्ययन गर्ने प्रहरी तयारी छ । एक प्रहरी अधिकारीले भने, “प्रारम्भिक रुपमा केही सामाग्री फेला परेका छन् । त्यसको अनुसन्धान हुन बाँकी छ । त्यसबाहेक बयानबाट पनि केही खुल्न सक्छ । माथिल्लो तहका नेता भएकाले उनले मुख खोल्ने सम्भावना भने निकै कम हुनसक्छ ।”

    बास्तोलाको साथबाट बरामद भएका मोबाइल, ल्यापटपलगायतको प्राविधिक अनुसन्धानबाट केही खुल्नसक्ने सम्भावना प्रहरी अधिकारी देख्छन् । बास्तोलाबाटै विप्लवसम्म पुग्‍ने ‘कनेक्सन’ खोजिने प्रहरी अधिकारी बताउँछन् । र प्रधानमन्त्री ओलीले पनि विप्लबलाई जसरी भए पनि नियन्त्रणमा लिन निर्देशन दिएको पत्तो लागेको छ। 

    पछिल्लो तीन वर्षयता विप्लव पूर्ण रुपमा भूमिगत छन् । तर पार्टीनिकट मुखपत्रलाई भने उनले बेलाबेला भिडियो अन्तर्वार्ता दिँदै आएका छन् । विप्लवसम्म नेता खड्गबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोलालगायत सीमित नेताहरुको पहुँच रहेको समूहकै नेताहरु बताउँछन् । पार्टीका सबैजसो बैठक र प्रशिक्षणसमेत विश्वकर्मा र बास्तोला खटिँदै आएका थिए ।

    प्रकाशित मिति :माघ २ २०७७ शुक्रवार - १३:५४:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij