Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

देउवासंग बटारिएका पौडेल भन्छन् - ओलीको हंशले ठाउँ छोडी सक्यो, अब आन्दोलन गरेरै पछार्नुपर्छ 

देउवासंग बटारिएका पौडेल भन्छन् - ओलीको हंशले ठाउँ छोडी सक्यो, अब आन्दोलन गरेरै पछार्नुपर्छ 


  • 7.8K
    Shares

    देउवासंग बटारिएका पौडेल भन्छन् - ओलीको हंशले ठाउँ छोडी सक्यो, अब आन्दोलन गरेरै पछार्नुपर्छ 

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेर असंवैधानिक काम गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकार गरिसकेको दाबी गरेका छन् ।

    वैधानिक काम गरेको छैन भन्ने कुरा ओलीले स्वीकार गरेको भन्दै उनले प्रतिनिधि सभा विघटनविरूद्ध सशक्त संघर्षमा उत्रन नेतारकार्यकर्तालाई आग्रह गरेका छन् । तर कांग्रेस सभापति भने चुनाबको तयारी गर्नु पर्ने लाईनमा छन् । देउवा र पौडेलको मत मिलेको छैन । 

    ‘प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरूद्ध डटेर विरोध प्रदर्शन गरौं,’ शुक्रबार भिडिओ अपिल जारी गरेका पौडेलले भनेका छन्, ‘प्रधानमन्त्री ओली आफैँ भनिरहेका छन् - यो विधि विधानको कुरा होइन । यो त राजनीतिक निर्णय हो। उनले आफूले वैधानिक काम गरेको छैन भन्ने कुरा आफैँले स्वीकार गरेका छन् ।’

    प्रधानमन्त्री ओलीको यस्तो असंवैधानिक कामले देशलाई अन्धकारतर्फ लैजाने उनले बताएका छन्। ‘प्रतिनिधि सभा विघटनले क्षति पुगेको छ। ७० वर्ष लगाएर बनाएको संविधान र व्यवस्थामा प्रहार भएको छ,’ उनले भने ।

    प्रधानमन्त्री ओलीको कदमले राजनीतिक अस्थिरता र संकटतिर धकेल्ने प्रपञ्च भएको उनले बताए । ‘जनताले विरोधमा आवाज उठाउन सके अदालतमा पुग्छ। ओलीको कदम समयमै सच्याउनुपर्छ। नसच्चिँदा अनर्थ हुन्छ,’ उनले भने, ‘कम्मर कसेर सक्रियापूर्वक स्थानीय तहहरूबाट सशक्त आवाज उठाऔं ।’

    प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि कांग्रेस आन्दोलनमा छ । यो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।

    प्रकाशित मिति :माघ २ २०७७ शुक्रवार - १३:३२:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij